भिजिट भिसा प्रकरणमा तानिएका गृहमन्त्री रमेश लेखकबारे सार्वजनिक रूपमा मात्र होइन, नेपाली कांग्रेसको पदाधिकारी बैठकमा समेत चर्चा भएको छ ।
जनस्तरबाट तथा कांग्रेसभित्रैबाट राजीनामा गर्न लेखकमाथि दबाब बढिरहेका बेला आज सोमबार पदाधिकारी बैठक बस्यो । तर, बैठकले यस विषयमा कुनै निर्णय गरेन । बरु बैठक सकिएपछि गृहमन्त्रीबाट लेखकको राजीनामा माग्ने कांग्रेस नेताहरूलाई पार्टी सभापतिले स्पष्टीकरण माग्ने पर्ने धारणा व्यक्त भएको खबर बाहिरियो ।
यो खबर सार्वजनिक गरेका थिए, कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले । बैठकबाट बाहिरिने क्रममा गृहमन्त्रीले सञ्चारकर्मीहरूसँग कुरा गर्दै बैठकमा गृहमन्त्रीको राजीनामा माग्ने नेताहरूसँग सभापतिले स्पष्टीकरण माग्नु पर्ने धारणा राखेको बताउनुभयो।
उहाँले डा.शेखर कोइराला, सुनील शर्मा र राजेन्द्र बजगाईंको नामै लिएर स्पष्टीकरण सोध्नुपर्ने माग पदाधिकारीले सभापतिसमक्ष राखेको बताउनुभयो ।
उहाँले आफैलाई फोन गरेर राजीनामा मागेको भए हुने भनेर उल्लेख गर्नुभयो ।