सान्भि इनर्जी लिमिटेड नेपालको इलाम जिल्लामा आधारित एक जलविद्युत् उत्पादक कम्पनी हो। यसले ७.६ मेगावाट क्षमताको जोगमइ खोला जलविद्युत् आयोजना सञ्चालनमा ल्याएको छ। यस परियोजनाको कुल लागत रु. १ अर्ब ५७ करोड २९ लाख रहेको छ, जसको प्रतिमेगावाट लागत रु. २० करोड ६९ लाख पर्छ।
कम्पनीले हालै आईपीओ (प्रारम्भिक सार्वजनिक प्रस्ताव) जारी गरेको छ। यसमा पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर निष्कासन गरिएको हो । कुल ३७ लाख ९० हजार कित्ता सेयर जारी गरिएको छ, जसमा पहिलो चरणमा ८ लाख ८० हजार कित्ता आयोजना प्रभावितका लागि र २ लाख ९१ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको थियो ।
आइपिओ २०८२ जेठ ९ गते बिहान १० बजेदेखि २०८२ जेठ १३ गते बेलुकि ५ बजेसम्म भर्न मिल्नेछ । कम्पनीको सेयर निष्कासन र बिक्री प्रबन्धकको जिम्मेवारी नेपाल एसबीआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले सम्हालिरहेको छ।