नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक चेरी वर्ल्ड कम्युनिकेशन प्रा. लि., रविभवन, काठमाडौंको अनुमतिपत्र खारेज गरेको छ।
प्राधिकरणले आज मंगलबार एक सूचना प्रकाशित गरी प्राधिकरणबाटचेरी वर्ल्ड कम्युनिकेशन प्रा.लि., रविभवन, काठमाडौंलाई मिति २०६७।०१।२९ मा प्रदान गरिएको इन्टर्नेट, इमेल सहित सेवाको अनुमतिपत्र (अनुमतिपत्र नं.फि.ज. १-६२) नवीकरण नगरेका कारण खारेज गरिएको जानकारी दिएको हो।
‘नवीकरणका लागि तोकिएको समयावधिभित्र नियमानुसार निवेदन पेश नगरेकोले उक्त अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५(५) बमोजिम मिति २०८२-१-२९ देखि स्वतः खारेज भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा उल्लेख छ।
प्राधिकरणले उक्त प्रा.लि. ले नियमानुसार तिर्नरबुझाउन पर्ने रकमका सम्बन्धमा पनि यो सूचना जारी भएको मितिले ३० दिनभित्र कार्यालयमा सम्पर्क गर्न समेत सूचित गरेको छ।