भुटानले जेठ २१ देखि २४ सम्म आयोजना गर्न लागेको भुटानका राजा जिग्मे खेसर नाम्ग्याल वाङ्चुक स्वयं सहभागी हुने ४ दिने Bhutan Meditation Conference 2025 मा नेपालका आध्यात्मिक गुरु स्वामी आनन्द अरुणलाई विशेष अतिथिका रूपमा आमन्त्रण गरिएको छ।
यो स्वामी आनन्द अरुणप्रति भुटानले गहिरो सम्मान प्रकट गरेको हो। स्वामी अरूणले सम्मेलनको विशेष सत्रमा Osho Chakra Sound Meditation को प्रत्यक्ष मार्गदर्शन गर्नुहुनेछ।
भुटान बज्रयान बौद्ध राज्यधर्म भएको मुलुक हो। भुटानको यो सम्मानले नेपालका ध्यानगुरुहरूप्रतिको दृष्टिकोण दर्शाएको छ। ध्यान र आत्मज्ञानको गहिरो परम्परा बोकेको नेपालले आफ्ना आध्यात्मिक रत्नहरूलाई सम्मान दिन कति तयार छ भन्ने विषयमा पुन: बहस सुरु भएको छ।
के नेपालका धर्म विरोधी नेताहरूलाई भुटानको यस कार्यलृ ले मार्गदर्शन गर्ला त ? भन्ने प्रश्न उठेको छ ।