नेपाल डेरी एसोसिएसनको आयोजनामा एवं राष्ट्रिय दुग्ध विकास बोर्ड तथा अन्य सरोकारवालाहरुको सहकार्यमा विश्व दुग्ध दिवसको पूर्वसन्ध्यमा “दुधको खपत बढाऔं, अर्थतन्त्र सबल बनाऔं” भन्ने मुल नाराका साथ दुध तथा दुग्धजन्य पदार्थको उपयोगिता सम्बन्धी सचेतनामुलक उपत्यकास्तरीय अन्तरविद्यालय कविता प्रतियोगिता कार्यक्रम बुढानिलकण्ड नगरपालिका वडा नं.९, स्थित ब्रेन ल्याण्ड एकेडेमी स्कुलको सभा हल सम्पन्न भएको छ ।
कविता प्रतियोगितामा उपत्यकाका १८ वटा सामुदायिक तथा संस्थागत विद्यालयका ३६ जना विद्यार्थीहरुले दुध तथा दुग्धजन्य पदार्थको मौलिक उपयोगिता तथा यसका सामाजिक तथा आर्थिक पक्षलाई समेत कविता मार्फत् उजगार गरेका थिए ।
अधिकाश विद्यार्थीहरुले आफ्नो कवितामा कृषि प्रधान देश र पशुपालन व्यवसायी नेपालीहरुको मौलिक पेशा व्यवसाय रहेकोमा हाल आएर कृषिमा बढदै गएकोे परनिर्भरताले वर्तमान देशको आर्थिक तथा वैदेशिक व्यापार घाटाको अवस्थालाई व्याङग्यात्मक रुपमा प्रस्तुत गरेका थिए । कवितामा कृषि तथा पशुपालन व्यवसवाय मात्रै नभएर मानव जीवनको एक अभिन्न अंग तथा मानव सभ्यताको एक महत्वपूर्ण हिस्सा समेत रहेको जाकिर गरेका थिए ।