चाँदी आयातमा व्यवसायी र बैंकबीचको फरक नियमको आपत्ती देखिएको छ ।
बैंक र व्यवसायीलाई चाँदी आयातमा हुने फरक नियमले व्यवसायी माररमा परेका छन् । बजारमा कच्चा सुनको कमी भएको भन्दै सुनचाँदी व्यवसायीले आपूर्ति व्यवस्था बढाउनका लागि व्यवसायीलाई पनि बैंकहरुले जस्तै सहज हुनुपर्ने माग गरेका छन् ।
व्यवसायीहरुले केन्द्रीय बैंकले व्यवसायी र बैंकका लागि फरक नीति हुन नहुने उल्लेखगरेका छन् । व्यवसायीहरुले आयातमा डलर सटही सुविधा बढाएपनि व्यवसायीलाई बैंकले आयात गर्ने जसरी नियममा फरकपन भएकोमा आपत्ती जनाएका छन् ।
व्यवसायीहरुले ओपन जेनेरल लाइसेन्स नामको अनुमति लिएर मात्र आयात गर्न पाउँछन् । उनिहरुले स्ट्यन्ड बाइ अनुमति लिनुपर्छ । त्यसपछि बैंक मार्फत पैसा पठाएर सामान मगाउन सकिन्छ । बैंकहरुले स्टान्डबाई अनुमति लिएको छ भने सजिलोसँग सामान मगाउन सक्छ । तर व्यवसायीलाई कठिन हुने गर्छ । बैंकहरुले निश्चित वस्तु आयात गर्दा प्रकृया व्यवसायीकोभन्दा सहज हुने भएकाले बैंक र व्यवसायीलाई एकै किसिमको नीति ल्याउन आवश्यक छ ।
यसका कारण चाँदी आयातमा मात्र नभई चाँदीबाट बनेका हस्तकलाका सामग्री निर्यातमा समेत अप्ठ्यारो हुने गरेको छ । चाँदीबाट बनेका धार्मिक हस्तकलाका सामग्रीहरु नेपालबाट तिब्बत, भुटान लगायतका देशका निर्यात हुने गरेका छन् ।
सरकारको नीतिमा एकरुपता नहुँदा गैरकानूनी ढंगबाट समेत निर्यात हुने गरेको पाइएको छ । जसको कारण सरकारलाई प्राप्त हुने राजस्व समेत दिनप्रतिदिन गुम्दै गइरहेको छ ।
अहिलेको प्रावधान अनुसार व्यवसायीले चाँदी खरिद गर्दा पनि बैंकले सिमित मात्रामा मात्र विक्रि गर्ने गरेको छ । जसको कारण व्यापारीहरुले माग अनुसारको सामग्री बनाउन कच्चा पदार्थको अभाव झेल्दै आइरहेका छन् ।