भोली बिहिबार काठमाडौंमा हुने प्रर्दशनलाई शान्तिपूर्ण बनाउन प्रहरीले तयारी गरिरहेको छ । केहि सातादेखि जारी तयारीमा आज बुधबार पनि प्रहरीले बढावा दिएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख टेकबहादुर तामाड.ले काठमाडौं उपत्यका भित्रका वित्त प्रमुखलाई बोलाएर भोली बिहिबार हुने प्रर्दशनमा उच्च मनोबलका साथ रणनीतिक किसिमले मैदानमा उत्रन निर्देशन दिनुभएको छ ।
भोली नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले छुट्टा छुट्टै प्रर्दशन गर्दैछन् ।

 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                            
 
                             
                             
         
         
         
         
         
         
                             
                             
                            