संसद्‌मा बोल्न विपक्षीले अवरोध गरेपछि गृहमन्त्रीले पत्रकार सम्मेलनमार्फत आफ्ना कुरा राख्ने

संसद्‌मा बोल्न विपक्षीले अवरोध गरेपछि गृहमन्त्री रमेश लेखकले पत्रकार सम्मेलनमार्फत आफ्ना कुरा राख्ने हुनुभएको छ ।

उहाँले आज बुधबार साँझ ५ बजे नयाँ बानेश्वरस्थित ल्होत्से हलमा पत्रकार सम्मेलनमार्फत आफ्ना कुरा राख्ने भएका रमेशको सचिवालयले जनाएको छ ।

संसद्‌मा बोल्न नपाएका गृहमन्त्री लेखकले पत्रकार सम्मेलनमार्फत आफ्ना कुरा राख्ने
भिजिट भिसा प्रकरणमा विपक्षीहरूले राजीनामाको दबाब बढाएपछि लेखकले हिजो मंगलबार नै संसद्‌मा बोल्न खोज्नु भएको थियो ।

तर मंगलबार र बुधबार दुवै दिन विपक्षीले अवरोध गरेपछि लेखकले आज साँझ पत्रकार सम्मेलनमार्फत यो प्रकरणमा आफ्ना भनाइ सार्वजनिक गर्न लाग्नु भएको हो ।
सत्तारुढ कांग्रेस(एमालेले गृहमन्त्रीले राजीनामा दिन नपर्ने बताउँदै आएका छन् ।