सौन्दर्य प्रतियोगिता ‘मिस युनिभर्स नेपाल २०२५’ को आवेदन खुला भएको छ। आज बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था ग्लोबल ग्ल्यामर भेन्चरले आवेदन खुला गरिएको जानकारी दिएको हो।
१८ वर्ष उमेर पुगेका, १२ कक्षा उत्तिर्ण वा सो सरह शैक्षिक योग्यता पुरा गरेका आवेदन दिन सक्नेछन्। त्यसैगरि, उचाइ, तौल र वैवाहिक वा वैवाहिक स्थितिमा कुनै प्रतिबन्ध लगाइएको छैन। नेपाली तथा गैरआवासीय नेपाली महिलाहरुले आवेदन दिन सक्नेछन्।
‘तपाई जस्तो हुनुहुन्छ, त्यही नै तपाईको सौन्दर्यता हो। म जहिल्यै विश्वास गर्थे कि हामी सबै आ(आफ्नो तरिकाले परिपूर्ण छौँ। यसवर्ष हामी प्रतियोगितालाई अझ लोकतान्त्रिक र समावेशी बनाउने प्रतिबद्धताका साथ अगाडि बढिरहेका छौँ। हामी सबै पृष्ठभूमिका महिलाहरुलाई स्वागत गर्दछौँ,’ राष्ट्रिय निर्देशक संगीता पुरीले उल्लेख गर्नुभयो ।
सहभागी हुन चाहनेले खल्ती एप, मिस युनिभर्स नेपालको वेवसाइट र सोसल मिडियामार्फत असार १५ सम्म आवेदन दिन सक्नेछन्।
यसवर्षको प्रतियोगिता नयाँ स्वरुपमा प्रस्तुत हुने बताइएको छ। यसवर्ष प्रतियोगितालाई ८ एपिसोडको टिभी सिरिजबाटै प्रसारण गर्ने तयारी छ।