प्रेस काउन्सिल नेपालले नेपाल सरकारको प्रचलित कानूनअनुसार अनुमतिपत्ररपरिचयपत्र प्राप्त नगरी कुनैपनि पत्रकारितासम्बन्धी गतिविधि नगर्नरनगराउन सम्बन्धित सबैलाई आग्रह गरेको छ।
यसरी गरिएको गतिविधि गैरकानुनी एवं पेसागत आचरण विपरीत हुने भएकाले कानुनअनुसार अनुमति लिएरमात्र समाचार सङ्कलन, सम्प्रेषण गर्नरगराउन काउन्सिलले सम्वद्ध पक्षको ध्यानाकर्षण गराएको छ।
काउन्सिलले आज एक विज्ञप्ति प्रकाशित गरी विशेषगरी विदेशी सञ्चारमाध्यहरुलाई लक्षित गर्दै यसबारे सूचित गराएको हो।
कुनै पनि विदेशी सञ्चार माध्यम तथा पत्रकारले नेपालभित्र समाचार सामग्री संकलनरसम्प्रेषणका लागि कानुनीरुपमा तोकिएको प्रक्रिया अपनाई नेपाल सरकार, सूचना तथा प्रसारण विभागबाट अनुमतिपत्ररप्रेस प्रतिनिधि प्रमाणपत्र लिनुपर्ने व्यवस्था रहेको छ।
काउन्सिलले सञ्चार माध्यममा सम्प्रेषण भएका सामग्रीमा आचारसंहिता पालना भएरनभएको सम्बन्धमा नियमित अनुगमन समेत गर्दै आइरहेको र सञ्चार माध्यम र सञ्चारकर्मीले पालना गर्नुपर्ने आचारसंहितासहित कानुनी व्यवस्थाका सम्बन्धमा समेत आवश्यक कार्य गरिरहेको छ।
‘पछिल्लो समय नेपालमा भइरहेका आन्दोलन र विरोधका कार्यक्रमहरुमा देश बाहिरका कतिपय सञ्चार माध्यम तथा सञ्चारकर्मीहरुले नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभागबाट अनुमति ९प्रेस प्रतिनिधिपत्र० नलिएको पाइएको छ। त्यस्ता सञ्चार माध्यम र सामाजिक सञ्जालबाट संविधानविपरीत सामग्रीलाई स्थान दिइ एकपक्षीय एवं अतिरञ्जित तवरले सामग्री सम्प्रेषण भइरहेको अनुगमनबाट देखिएको प्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा उल्लेख छ।
काउन्सिल प्रेस स्वतन्त्रताको संरक्षण, सम्वर्द्धनमा सदैव कटिबद्ध रहेको साथै प्रेस स्वतन्त्रता दुरुपयोग हुन नदिनेतर्फ समेत क्रियाशील र सचेत रहेको काउन्सिलले अवगत गराएको छ।
‘नेपालको सार्वभौमसत्ता, राष्ट्रियता र स्वाधिनता विरुद्ध, जातजाति, धर्म, सम्प्रेदाय, भाषा संस्कृतिबिच सुसम्बन्ध र सामाजिक सदभावमा खलल पार्ने, अन्तर्राष्ट्रिय समझदारी र मित्रराष्ट्रहरुबिच भाइचाराको सम्बन्धमा प्रतिकूल असर पार्ने किसिमका सामग्री सम्प्रेषण नगर्नरनगराउन सम्बन्धित सम्पूर्णमा यही विज्ञप्तिमार्फत अपिल गर्दछ’, विज्ञप्तिमा लेखिएको छ।
 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                            
 
                             
                             
         
         
         
         
         
         
                             
                             
                            