नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलम आजै रिहा हुने भएका छन्। उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगको कसुरमा सफाइ दिएसँगै उनी आजै जेलमुक्त हुने भएका हुन्।
अदालतले सफाइ दिएको पत्र कारागार कार्यालय नख्खुमा आइसकेको छ। जिल्ला अदालत रौतहटले उनलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो। तर उक्त फैसला उच्च अदालतले बदर गर्दै आलमलाई निर्दोष ठहर गरेको हो।