राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक सिंहपनि पक्राउ परेका छन् ।
सांसद सिंहलाई प्रहरीले जिल्ला प्रहरी परिसरबाट नियन्त्रणमा लिएको हो । सांसद सिंह राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न परिसर गएका थिए ।
सिंहसँगै आइतबार पक्राउ पर्नेको संख्या ८ पुगेको छ । यसअघि राप्रपा नेपालका अध्यक्ष तथा पूर्वगृहमन्त्री कमल थापासहित सातजनालाई प्रहरीले निषेधित क्षेत्र तोड्न खोज्दा पक्राउ गरेको थियो ।