बाढीले दुखाएको घाउमा मल्हम लगाउँदै मितेरी पुल निर्माणमा दुवै देश मिलेर अघि बढ्नुपर्छ : त्रिभुवनधर तुलाधर

नेपाल चीन दुवै देशका मृत्यु हुनुभएको नागरिकलाई समवेदना सहित घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना यसका साथै यता फस्नुभएका पर्यटकलाई सुरक्षित उहाँहरुको मुलुकका पठाउन सबैमा अपील गर्दछु

नेपाललाई चीनसँग जोड्ने रसुवास्थित नाकामा रहेको ‘मितेरी पुल’ बाढीले बगाएको छ । तिब्बत क्षेत्रबाट अचानक आएको बाढीका कारण पुल बग्नुका साथै नेपालतर्फ ठुलो जनधनको क्षति भएको छ । यसको यकिन विवरण भने आइसकेको अवस्था छैन ।

अहिले बाढीले बगेको पुल ६ वर्षअघि अर्थात् २०७६ जेठमा सञ्चालनमा आएको थियो । चिनियाँ सहयोगमा बनेको उक्त पुल बनाउन चिनियाँ ठेकेदार कम्पनीले जम्मा पाँच महिना लगाएको थियो । तिब्बत इन्जिनियरिङ कम्पनी लिमिटेड तान सुन रोड एन्ड ब्रिज पाएको छ महिनामध्ये समय दिइएकोमा त्यसअघि नै पुल निर्माण भएको थियो । पुलको लम्बाई ११० मिटर र चौडाइ ९ मिटर रहेको थियो।

पुल भत्किएसँगै नेपाल–चीनबिचको प्रमुख सम्पर्क केन्द्र टुटेको छ । यो पुल अब कसले र कसको लागतमा बन्ने भन्ने अन्योल देखिएको छ । यो अन्योललाई तत्काल हटाउनका लागि नेपाल र चीनका उच्च पदस्थ अधिकारीको बैठक आवश्यक रहेको छ । उक्त बैठकले आगामी दिनमा नयाँ दिशा निर्देशसहित बलियो पुल निर्माण गर्न बाटो खुल्ने छ ।

बाढी र विपतको दुइ देशका नागरिक, व्यवसायी, यातायात लगायत अन्य सामाग्रीहरु नष्ट भएको छ । व्यवसायीमात्र नभएर सर्वसाधारणलाई समेत असर परेको प्रष्ट छ । यसबारेमा सबैको चित्त दुखेको छ । बाढीले अर्बौको क्षति भएकोमा आपत्ति जनाउनुको विकल्प छैन । व्यापारिक कारोबार बढ्दै गएपछि पहिले भएकोभन्दा ५ मिटर उत्तरपूर्वमा पुल निर्माण गरिएको थियो। यसअघि पहिरोका कारण प्रभावित हुँदै आएको व्यापार बाढीले पुल नै बगाएपछि झनै अनिश्चित भएको छ।

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा रहेको मितेरी पुल बगाएसँगै दुई देशबीचको सडक सम्पर्कविच्छेद भएको छ। २०७६ जेठदेखि सञ्चालनमा आएको उक्त पुल गएराति आएको बाढीले बगाएसँगै दुई देशबीचको सडक सञ्जाल टुटेको हो। त्यसैगरी नेपाली र चीनिया नागरिक बाढीले गर्दा ज्यान गुमाउनु परेकोमा श्रद्धाञ्जली अर्पण गर्दै मितेरी पुल बगाएकोमा दुई देशको यातायात सम्बन्धमा बाधा पुर्याएकोमा आपत्ती छ । बाढीले रसुवागढी नाका नजिकै निर्माण भइरहेको सुक्खा बन्दरगाहमा पनि क्षति गरेको छ। बन्दरगाहमा बाढीले भौतिक क्षति गराएको छ भने त्यहाँ कार्यरत कामदार समेत सम्पर्कविहीन छन्।

नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष भइसकेको छ। एक्काइसौं शताब्दीको नेपाल चीन सम्बन्ध राजनीतिक स्तरमा सुदृढ बनाएर मात्र पुग्दैन। अन्तर्राष्ट्रिय सम्बन्धका क्षेत्रमा आएका सकारात्मक परिवर्तन आत्मसात गरी दुई देशको सम्बन्ध जनस्तरमा पनि सुदृढ गर्न ध्यान दिनु जरुरी भइसकेको छ। बाढीले सीमामा रहेका चार्जिङ स्टेसन, रसुवागढी जलविद्युत् आयोजनालगायतका संरचनामा पनि क्षति पुर्‍याएको छ। यसले सबैलाई हानी पुर्याएकाले पुन निर्माणमा लाग्नुपर्छ ।

मित्रता, सहयोग र सांस्कृतिक, आर्थिक, सामाजिक तथा धार्मिक आदान–प्रदानका आधारमा नेपालको चीनसँगको सम्बन्ध लामो समयदेखि विकास हुँदै आएको छ । सन् १९५५ अगस्तमा दुई देशबीच कूटनीतिक सम्बन्ध कायम भएपश्चात् यो सम्बन्धले थप उचाइ लिँदै आएको हो । क्रय शक्तिका हिसाबले कुल गार्हस्थ्य उत्पादनमा चीन विश्वमै सर्वोच्च स्थानमा छ । सन् २०१७ मा चीन पर्यटन क्षेत्रमा आफ्ना नागरिकबाट विश्वमै सबैभन्दा बढी खर्च गर्ने देश बनेको छ ।
त्यसैले पनि पहिलाजस्तै अहिलेपनि मितेरी पुल निर्माणमा लाग्नुको विकल्प छैन ।

चीनले बेल्ट एण्ड रोड इनिसेटिभ बिआरआई मार्फत नेपालमा आफ्नो सम्बन्धलाई अझै प्रगाड बनाउन खोजेको छ । नेपालको भूमि प्रयोग गरेर चीनविरोधी गतिविधि नहुन् भन्नेमा चीन सधैं सचेत छ । सम्बन्ध, सन्धि र सम्झौताले दुई देशबीचको मेलमिलापलाई औपचारिकता दिने र संस्थागत गर्ने साधनको रूपमा लिन सकिन्छ । देशहरूका बीचमा दौत्य सन्धि, असमान सन्धि, सीमा सन्धि, प्राविधिक सम्झौता, व्यापार तथा वाणिज्य सम्झौता, पारवाहन सम्झौता, सांस्कृतिक सम्झौता, सहयोग सम्झौता, करार सम्झौता, सैनिक सन्धि र व्यक्तिगत सहमति तथा समझदारी गर्ने गरिन्छ । त्यसैले पनि मितेरी पुल जतिसक्दो चाँडो निर्माण गर्नुपर्छ ।

म लागायत मेरो संस्थाको तर्फबाट बाढीका कारण ज्यान गुमाउने सबैलाई हार्दिक श्रद्धासुमन अर्पण गर्नुका साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।