बलिउड सुपरस्टार राजेश खन्ना र अमिताभ बच्चनले ७० को दशकमा खेलेको चर्चित सिनेमाको नाम हो आनन्द। त्यो सिनेमाको प्रमुख भूमिकामा रहेका आनन्द-राजेश खन्ना)को पेटमा लागेको गम्भीर क्यान्सरको उपचार सम्भव नभएको निष्कर्ष निकाली चिकित्सकले ६ महिनाको आयु दिएका छन्।
चिकित्सकको भूमिकामा रहेका भाष्कर (अमिताभ) आनन्दको स्वास्थ्यलाई लिएर रातदिन तनावमा रहन्छन्। अस्पतालको बेडमा डाक्टरको निगरानीमा रातदिन रहन उनलाई दबाब दिन्छन्। तर आनन्द छोटो जिन्दगीमा यति खुशी खोज्छन् कि अस्पतालको नाम सुन्नै मान्दैनन्। बरु आफूसँग ठोक्किएका हरेक मानिससँग रमाइलो र सकारात्मक सन्देश बाँड्छन्। निरासावादी अनुहारमा आशा जगाउँछन्। हुँदा हुँदा उनकै कारण अस्पतालको वातावरण हार्दिक बन्न पुग्छ।
असहायलाई सहाराको हात बढाउनु उनको दैनिकी बन्छ। आनन्दसँगको उठबसले गम्भीर प्रकृतिका डाक्टर भाष्करको जीवनशैली रोमाञ्चक बन्दै जान्छ। धेरै उमेर पाएर आफूले भने जस्तो जिन्दगी बाँच्न नपाएकालाई व्यंग्य कस्दै डाक्टर भाष्करसँग आनन्द भन्छन्– ‘जिन्दगी बडी होनी चाहिए, लंबी नही। मौत के डर से अगर जीना छोड दिया तो मौत किसे कहते है ? जब तक जिंदा हूँ, तब तक मरा नहीं, जब मर गया साला, मै ही नहीं तो फिर डर किस बात का ए बाबु मोशाय ! अपनी जिन्दगी बढी है, लेकिन वक्त बहुत कम है, इसलिए जल्दी जल्दी जीना पड्ता है।’
आफ्नो अन्त्य क्यान्सर रोगीको रुपमा नभएर एउटा असल मन भएको मानिसका रुपमा होस् भन्ने आनन्दको अन्तिम अभीष्ट रहेको छ। आनन्द डाक्टरले दिएकै समयमा परमधाम हुन्छन्। तर उनी मर्नुअघि नै आवाज ध्वनि रेकर्ड गराएर जीवनरसको सत्य सन्देश दिएर समाजमा आशाको किरण छर्न सफल हुन्छन्।
केपी ओली कुर्कुरे उमेर भएकै बखत यो सिनेमा रिलिज भएको थियो। झापा थातथलो भएका ओलीले नक्सलबारी, गलगलिया तरेर भए पनि सिनेमा पटक पटक हेरेको हुनुपर्छ। नाफाको जिन्दगी बाँचेका प्रधानमन्त्री ओली जस्ताका लागि स्मरणमै भए पनि यो सिनेमा जीवनदर्शन हुनुपर्ने हो। आग्रह नराखी भन्दा इच्छाशक्ति र आत्मबलका दृष्टिले उनी सिनेमाका आनन्दभन्दा कम लाग्दैनन्। तीन करोड जनतालाई आनन्दजस्तै खुशी बनाउने जिम्मेवारी पाएर पटक पटक मुलुकको मुखिया बनेका प्रधानमन्त्रीको समय फन्टुस गफमै सीमित हुनु भनेको तीन पुस्ताको भविष्य एउटै खाल्डोमा खरानी हुनु हो।
कानुनले बाघ संरक्षण समितिको अध्यक्षदेखि सबै विश्वविद्यालयको प्राज्ञिक शिरको जिम्मेवारी प्रधानमन्त्रीलाई दिएको छ। मुलुकका ५० बढी निकायको श्रीपेच प्रधानमन्त्रीले पहिरिएको हुन्छ। यस्तो गहन पदको ओहोदाधारीले विवेक एकातिर सिउरेर जीब्रोको टपरटुइँया गफगाफमा मदहोस हुनु लाजको पसारो हो।
वेस्ट मिनिस्ट्री सिस्टममा प्रधानमन्त्री पद अमेरिकाको राष्ट्रपतिभन्दा अधिक शक्तिशाली हुन्छ। विधिको शासनलाई केन्द्रविन्दुमा राखेर काम गर्ने हो भने उसका हरेक अभिव्यक्ति कानून हुन्छन्। राज्यका महत्त्वपूर्ण मानिने तीन पिलर कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकामा उसको पहुँच रहन्छ।
अरु १९ मन्त्री त प्रधानमन्त्रीको हल्कारा मात्र हुन्। कानुनले बाघ संरक्षण समितिको अध्यक्षदेखि सबै विश्वविद्यालयको प्राज्ञिक शिरको जिम्मेवारी प्रधानमन्त्रीलाई दिएको छ। मुलुकका ५० बढी निकायको श्रीपेच प्रधानमन्त्रीले पहिरिएको हुन्छ। यस्तो गहन पदको ओहोदाधारीले विवेक एकातिर सिउरेर जीब्रोको टपरटुइँया गफगाफमा मदहोस हुनु लाजको पसारो हो।
एकाध महिनायता प्रधानमन्त्रीको मुखराविन्दबाट निस्किएका बकबास सम्झौं। अरुको किड्नी बोकेर धानेको आफ्नो जीवनलाई उनले गिनिज बुकमा रेकर्ड गर्नलायक गौरवशाली कामका रुपमा प्रस्तुत गरे। सामाजिक सञ्जालमा धारेहात लगाए पनि नेपाली समाज जो कसैको दीर्घ जीवन पाएकैमा गौरव गर्छ।
सामाजिक सञ्जालको आलोचना सत्य सावित हुन्थ्यो भने ओलीजस्ता गफाडी यतिबेला कछाड लगाएर चौतारामा गफ दिने पात्रमा खुम्चिने थिए। यही ममताकै कारण साढे तीन दशकदेखि नेपालीले राज्यकोषबाट तिनलाई पालिरहेका छन्।
अरु त अरु आफ्नै थैलोको पैसामा रजगज गर्ने रवि लामिछानेको समर्थनमा हस्ताक्षर धस्काइरहेका छन्।
नाम अघिल्तिर प्रधानमन्त्री फुर्को झुण्डाउनुअघि उनी दीर्घ विरामी हुन्। विरामीले कमजोर शारीरिक अवस्थालाई गिनिज बुकमा रेकर्ड गराउने अहं पाल्नु भनेको आफैंलाई मानव सभ्यताबाट ओराल्नु हो।
मुलुकको एउटा प्रधानमन्त्री आफ्नो अशक्त शरीरलाई बाजी जित्ने आधार बनाउँछ भने उसले देख्ने समृद्धि सपना जागिर लम्ब्याउने तानाबाना मात्र हो। त्यसै पनि नेपालमा ठूला पद डिलक्स सुविधा दिलाउने स्रोत हुन्। यदि उनीभित्र दम थियो भने अबको दशकमा कुनै नेपालीले अरुको मिर्गौला लिएर बाँच्ने अवस्था अन्त्य गर्ने घोषणा गर्न सक्नुपर्थ्यो। नत्र ठोकेर भने हुन्छ, त्यो गरिमामय पद तामझामपूर्ण जागिरबाहेक केही होइन।
केपी ओलीभित्र दम थियो भने अबको दशकमा कुनै नेपालीले अरुको मिर्गौला लिएर बाँच्ने अवस्था अन्त्य गर्ने घोषणा गर्न सक्नुपर्थ्यो। नत्र ठोकेर भने हुन्छ, त्यो गरिमामय पद तामझामपूर्ण जागिरबाहेक केही होइन।
प्राविधिक दृष्टिले अरुको किड्नी बोकेर जीवन धान्नेले सास फेर्न थोरै ढिलो चाँडो गर्न मिल्ला तर खाने ओखती पाँच सेकेण्ड तलमाथि प-यो भने ज्यानकै जोखिम रहन्छ। दोस्रोको शरीरमा तालमेल मिलाइएको त्यो प्राकृतिक वस्तु त्यहाँ क्रियाशील गराउन औषधीको पथपरहेज पहिलो र अन्तिम शर्त हो।
एउटा सामान्य नागरिकले यस्तो गैरजिम्मेवार बोली बोलेको भए यो दण्डनीय अपराधभित्र पथ्र्यो। मुलुकी देवानी संहिता २७४ को परिच्छेद ३ अन्तर्गत नागरिक अधिकार सम्बन्धी व्यवस्थामा भनिएको छ– ‘कुनै पनि व्यक्तिलाई उत्पति, धर्म, वर्ण, समुदाय, पेशा, व्यवसाय लिंग, शारीरिक अवस्था, अपाङ्गता, स्वास्थ्य स्थिति, वैवाहिक स्थिति, गर्भावस्था, आर्थिक अवस्था, भाषा वा क्षेत्र, वैचारिक आस्था वा यस्तै अन्य कुनै पनि आधारमा भेदभाव गरिने छैन।’
सत्ताको उन्मादले छोपेको मानिसका अघिल्तिर रक्सीले मातेको मानिस फिका हुन्छ। यदि सामथ्र्यले पुग्थ्यो भने ब्रम्हनाल उसपारको बन्दोबस्त उसले शक्तिमा हुँदा बखत नै मिलाउँथ्यो। सबैलाई थाहा छ– ओलीको जीब्रो बेहद चल्छ। उनको बोलीमा मस्तिष्कको कमाण्ड हुँदैन।
विवेक बन्धक राखेकाहरुको ताली खान थालेपछि चटके रसरंगमा हौसिन्छन्। जवाफदेहीता विनाका चुक्लीखोर र पँधेरे भाषाको पाँडेगालीमा उत्रँदा ओलीको हड्डी हाँस्छ। मानौं तासको कलब्रेक खेल उनको प्रिय खेल हो। अरुको एक्का हातमै खोटो बनाएर गुलामले कैंटे खाने खुराफाती खेलमा ओली प्रवृत्ति उस्ताद हुन्। आफ्नो पार्टीको मन्त्री नभएको मन्त्रालयमा खरिदार घुसाएरै सही सलाइको धर्म पूरा गर्न उनी माहिर छन्। पदीय शपथ कर्तव्यको लक्ष्मणरेखा ननाघ्ने संकल्प हो। तिनै ओली हुन्, जसले ईश्वरको अस्तित्व ललकार्दै ‘त्यो पर्दैन’को पाखण्डपूर्ण नाटक अभिनय गरे।
आश्चर्य अहिले भगवान श्रीरामको चिनाटिपनमाथि भद्दा व्याख्यामा अग्रसर छन्। कहिले भगवान शिवको त्यो विराट प्रसिद्धिलाई समुदायको अनुहारमा निर्लज्ज टाँस्छन्।
कहिले हिन्दु ‘धर्म’ नभएर ‘सभ्यता’को जलप लगाउँदै कुर्लिन्छन्। नर्सरीको विद्यार्थीलाई थाहा भएको सत्य के हो भने ब्रम्हा, विष्णु, महेश्वर र भोलेनाथको गर्भबाट निसृत शक्ति होइनन्। अमेरिकी डलरमा लेखिएको हुन्छ– ‘ईन गड वी ट्रष्ट’। त्यहाँका राष्ट्रपति बाइबल छोएर र जन्मभूमि सम्झिएर अमेरिकालाई संसारको शक्तिशाली देश बनाउने कसम खान्छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विलासी र सन्काहा नेताका रुपमा जति बद्नाम छन् , त्यतिनै मनकारी छन्। राष्ट्रपतिमा निर्वाचित हुनुअघि उनले तलब नलिने घोषणा गरेका थिए। चुनाव जितेसँगै अमेरिकी कानुनले त्यो छुट नदिएपछि अहिले वार्षिक एक डलर तनखा बुझ्छन्। त्यसबाहेक प्राप्त हुने पारिश्रमिक सामाजिक काममा खर्चिन्छन्।
क्रिश्चियनहरु भेटिकन सिटीलाई चारधाम मान्छन्। मुसलमान मक्का मदिना पुग्नुमा जीवन सार्थक ठान्छन्। बुद्धका अनुयायी सारनाथदेखि लुम्बिनी पुगेर लम्पसार पर्छन्। हिन्दु बोकिएरै भए पनि केदारनाथदेखि मुक्तिनाथसम्म पुग्छन्। अनुशासन र कर्तव्यको कडी धर्मले समातेकै कारण आस्थाको फैलावट बढेको हो।
ओलीशास्त्र पन्छाएर शून्य आवरमा चिन्तन गर्ने हो भने छोरा उमेरकाहरु राजनीतिमा सफलताको झण्डा गाडेर जीवनको अर्को अध्यायमा प्रवेश गरिसकेका छन्। तर आत्मरतिमा निमग्न ‘बा’ प्रधानमन्त्री बाहेक अरु सबै भूमिकामा सफल देखिएका छन्। आफूले पाएको सन्तुष्टिले भन्दा दोस्रोको प्रगतिले उनलाई पोल्छ।
प्रधानमन्त्री ओलीले बुझेर पनि बुझ्न नचाहेका केही उदाहरण छन्। ओली शक्ति सत्तामै रहँदा क्रिकेटबाट राजनीतिमा आएका पाकिस्तानी प्रधानमन्त्री इमरान खानले नेतृत्व पाएलगत्तै सरकार प्रमुखको सुरक्षामा व्यापक कटौती गरे। आलिसान महलमा रहेको प्रधानमन्त्री कार्यालयलाई तीनकोठे सैनिक सचिवालयमा सीमित गरे। प्रधानमन्त्री कार्यालयमा क्याम्पस चलाए।
प्रधानमन्त्री ओलीले बुझेर पनि बुझ्न नचाहेका केही उदाहरण छन्। ओली शक्ति सत्तामै रहँदा क्रिकेटबाट राजनीतिमा आएका पाकिस्तानी प्रधानमन्त्री इमरान खानले नेतृत्व पाएलगत्तै सरकार प्रमुखको सुरक्षामा व्यापक कटौती गरे।
आलिसान महलमा रहेको प्रधानमन्त्री कार्यालयलाई तीनकोठे सैनिक सचिवालयमा सीमित गरे। प्रधानमन्त्री कार्यालयमा क्याम्पस चलाए।
प्रधानमन्त्रीको सुरक्षाका लागि रहेका हेलिकोप्टर, ३३ बुलेट प्रुफ गाडी लिलामीमा चढाए। प्रधानमन्त्री कार्यालयमा कार्यरत ५२४ कर्मचारी कटौती गरेर २ जनामा झारे।
क्यानडाका अघिल्ला प्रधानन्त्री जस्टिन टुडो सिरिया द्वन्द्वका ५० हजार विस्थापितलाई आफ्नो देशमा बास दिएर शरणार्थीका लागि जीवित भगवान बने। बेलायती प्रधानमन्त्री ऋषि सुनक, अमेरिकी राष्ट्रपति बाराक ओबामा राजनीतिमा सुखद बीउ रोपेर सामान्य नागरिकको दर्जामा फर्किएका छन्।
भ्लादिमिर जेलेन्स्की टिसर्ट लगाएरै यत्र, सर्वत्र, छाइरहेका छन्। यिनीहरुले बजारमा साइरन बजाएर कसैलाई दुख दिएको समाचार बाहिर आउँदैन।
नेदरल्याण्ड्सका पूर्वप्रधानमन्त्री मार्क रुटी सामान्य टुकटुके फोन चलाउँथे। प्रधानमन्त्री भएपछि साताको एकपल्ट प्राथमिक विद्यालयमा पढाउन जान्थे। साइकल चढेर कार्यालय आउजाउ गर्थे। न्यूजिल्याण्डकी यातायातमन्त्री जुली एनी गेन्टर सुत्केरी व्यथाले च्यापेपछि साइकलमै अस्पताल पुगेर छोरी जन्माइन्। क्रोएसियाकी पूर्व राष्ट्रपति कोलिन्डा ग्राभरले पदमै रहँदा घरमा रंग लगाएको तस्बिर सार्वजनिक भएको थियो।
भारतका प्रधानमन्त्री गुलजारीलाल नन्दा विहारमा बसेर दिल्लीको राजनीति खटनपटन गर्थे। उनी कति सादगी थिए भन्ने जीवनमा घटेको एउटा घटना पर्याप्त छ। एउटा वृद्धलाई घरभाडा तिर्न नसकेको निहुँमा घरबेटीले निकाले। कति अनुनयविनय गर्दा पनि घरबेटीको मन पग्लिएन।
यो दृश्य एउटा रिपोर्टरले देखेर फोटोसहित समाचार बनाउन सम्पादकसँग सल्लाह गरे। ती वृद्ध भारतीय पूर्वप्रधानमन्त्री गुल्जारीलाल रहेको चिन्न सम्पादकलाई केहीबेर लागेन। उनले भोलिपल्ट मुखपृष्ठमा विशाल तस्बिरसहित समाचार छापे– ‘पूर्वप्रधानमन्त्री गुल्जारीलाल नन्दको बेहाल १’
अनि त के थियो र, भारतभर सनसनी फैलियो। त्यस ठाउँमा मन्त्री, प्रधानमन्त्रीको ताँती लाग्यो। सरकारले आवासका लागि आमन्त्रण ग¥यो, उनले स्वीकारेनन। गुल्जारीको परिचय खुलेपछि घरधनीले आफ्नै घरमा बस्न अनुनयविनय गरे। अन्ततस् सय वर्षको उमेरमा त्यही डेरामा गुल्जारीले देहत्याग गरे।
स्टालिनले जीवनको उत्तरार्द्धमा भारतीय कुटनीतिज्ञ डा। सर्वपल्ली राधाकृष्णनसँग बलिन्द्र आँसुको धारा चुहाउँदै भनेका थिए– ‘मलाई मानिसले दानवको व्यवहार गर्छन्। मभित्र पनि मन छ, आत्मा छ भनेर कसैले बुझेनन्। मेरो जीवन आफैंलाई भार भएको छ। सम्भवतस् म धेरै बाँच्दिन होला।’
राजनीतिज्ञले समयको चिनेन भने के हुन्छ रु त्यसका पनि यथेष्ट उदाहरण छन्। कुनैबेला स्पातको मान्छे भनेर विश्वमा चिनिएका सोभियत संघका राष्ट्रपति जोसेफ स्टालिनले जीवनको उत्तरार्द्धमा भारतीय कुटनीतिज्ञ डा। सर्वपल्ली राधाकृष्णनसँग बलिन्द्र आँसुको धारा चुहाउँदै भनेका थिए– ‘मलाई मानिसले दानवको व्यवहार गर्छन्। मभित्र पनि मन छ, आत्मा छ भनेर कसैले बुझेनन्। ग्लानिले भरिएको मेरो जीवन आफैंलाई भार भएको छ। सम्भवतस् म धेरै बाँच्दिन होला।’
इटालीका प्रधानमन्त्री मुसोलिनी कुनै समय ‘हटकेक’ थिए। उनको अलोकप्रियता चरमचुलीमा पुगेपछि विद्रोहीले प्रेमिकासहित भाला रोपेर मारे। मरेको शवमा मानिसले बर्बर व्यवहार गरे। मुसोलिनीको विभत्स हत्यामा आफ्नो छाया देखेका हिटलरले भोलिपल्ट आत्महत्या रोजे। जनताले सहजसँग रोटी खान नपाएसम्म केक काट्ने अधिकारबाट ठूलाबडालाई बन्चित गर्ने लेनिनको इतिहास पढाइमा कमजोरी पो भयो कि ‘बा’ ?
खबरहबबाट साभार