नेपाल सरकारले भारततर्फ सबैभन्दा धेरै निर्यात गरेर मुलुकको अर्थतन्त्रमा उल्लेखनीय योगदान दिएको आधारमा रिलायन्स स्पिनिङ मिल्सलाई २०८०/८१ को महत्त्वपूर्ण वर्ष व्यक्ति (CIP) का रूपमा सम्मानित गरेको छ।
उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले काठमाण्डौको होटल याक एण्ड यतिमा आयोजित कार्यक्रममा रिलायन्स स्पिनिङ मिल्सका अक्षय गोल्यानलाई सम्मान प्रदान गरेका हुन्। रिलायन्सले सो वर्ष १२ अर्ब ४९ करोड रुपैयाँ बराबरको निर्यात गरेको छ। ५ वर्षमा ४८.६५ निर्यात, ४१.४५ कारोबार र ३८.१५ उत्पादन वृद्धि गर्दै आएको कम्पनीले तेस्रो मुलुकतर्फ पनि निर्यात बढाइरहेको छ।
३६ वर्षीय अक्षय गोल्यानको नेतृत्वमा सञ्चालित यस उद्योगले १५ अर्बभन्दा बढीको लगानीमा हाल १ लाख २ हजार ८२४ स्पिन्डलको उत्पादन क्षमता प्राप्त गरेको छ। ५० हजार १६३ मेट्रिक टन वार्षिक उत्पादन क्षमताको यो उद्योग नेपालकै सबैभन्दा ठूलो स्पिनिङ मिल हो।
४ हजारभन्दा बढी रोजगारी दिइरहेको रिलायन्सले श्रमिकका लागि आवास, डाक्टर, स्तनपान कक्ष, डे केयर, मनोसामाजिक परामर्श, सामाजिक सुरक्षा कोष लगायत सुविधा दिँदै आएको छ। यसअघि पनि रिलायन्सले उत्कृष्ट रोजगारदाता र निर्यातकर्ता उद्योगको रूपमा विभिन्न सम्मान पाउँदै आएको छ। योल्यान ग्रुप नेपालको प्रतिष्ठित व्यवसायिक घराना हो । यस ग्रुपको बैँक, बीमा, होटल, कृषि लगायत अन्य विभिन्न क्षेत्रमा लगानी रहेको छ ।
https://niti365.com/2025/07/03/6515/