अर्थतन्त्र चलायमान हुन नसकिरहेको एक कारण ‘नीति अननुरूपता भएकोले नै हो ।
विश्व बैंकमा प्रमुख अर्थशास्त्रीको रुपमा चार वर्ष काम गरिसकेको चीनका निकै प्रख्यात प्रोफेसर जस्टिन यीफू लिनको भनाई अनुसार नीति स्थिर भएन भने अर्थतन्त्र घिचघिच भएर अघि नै बढ्न सक्तैन। यो त धेरै ठुलै समस्या हुने भयो किनभने हरेक वर्ष जस्तै अर्थ मन्त्री फेरिन्छ र हरेक चारचार वर्षमा गभर्नर फेरिन्छ । अनि नयाँ नियुक्त हुने हरेक अर्थमन्त्री र हरेक गभर्नरले ‘म अरु जस्तो होइन, म राम्रो गर्छु’ भनेर फुर्तीफार्ती गरेर पुरानो नीति फालेर नयाँ नीति ल्याउँछ। स्थिर नीति हुने त चान्स नै छैन।
आर्को तर्फ हरेक पार्टीको विचार वा आइडियोलजी फरक फरक भएकोले फरक फरक पार्टीको अर्थमन्त्री हुँदा आफ्नो पार्टीको महानरमहत्वपूर्ण ‘विचार Ideology’ लाई अनुसरण गर्नै पर्छ भनेर नीति फेर्न अग्रसर भइहाल्छ। यो परिवेशमा स्थिर नीति त सम्भव नै हुन्दैन, अव गर्ने के
त्यसैगरी गएको दुई तीन दशकमा नेपालको मौद्रिक नीति र वित्तीय नीति कत्तिको स्थिर छ वा छैन भनेर अन्य विकासोन्मुख मुलुकहरुसँग तुलना गर्ने जिम्मा कुनै एक अर्थशास्त्रीलाई दिने हो कि ? वास्तवमा यो काम त अर्थ मन्त्रालय र नेपाल राष्ट्रिय बैंक भित्रको कुनै अर्थविदले गर्नु पर्ने हो। नीति स्थिरताको विश्वको नक्सामा नेपाल कहाँ उभिएको छ भनेर थाहा हुन जरुरी छ।
“नीति अननुरूपता भनेको एक खुट्टा एक्सीलेटर र आर्को खुट्टा ब्रेकमा राखेर गाडी चलाउने जस्तो हो।
लेखक : सुगत रत्न कंसाकार नेपाल टेलिकम तथा नेपाल वायुसेवा निगममा प्रमुख भएर काम गरिसकेका छन् ।
तस्बिर : नेपालभाषा अनलाइन पत्रिकाबाट