भारतका उपराष्ट्रपति जगदीपद्धारा राजीनामा

भारतका उपराष्ट्रपति जगदीप धनखरले पदबाट राजीनामा दिनुभएको छ ।

राष्ट्रपति द्रौपदी मुर्मुलाई लेखेको राजीनामापत्रमा उहाँले स्वास्थ्य अवस्था र चिकित्सकको सल्लाहलाई कारणका रूपमा उल्लेख गर्नुभएको छ ।
उहाले संविधानको धारा ६७ (क) को आधारमा हिजो सोमबार राजीनामा घोषणा गर्नुभएको हो ।

उपराष्ट्रपतिले राजीनामापत्र आफ्नो सामाजिक सञ्जालमा पनि राख्नुभएको छ ।

राष्ट्रपति मुर्मुलाई लेखेको पत्रमा उपराष्ट्रपति धनखरले लेख्नुभएको छ, ‘स्वास्थ्यलाई प्राथमिकता दिँदै र चिकित्सा सल्लाह पालना गर्दै म तत्काल लागु हुने गरी भारतको उपराष्ट्रपति पदबाट राजीनामा दिइरहेको छु।’

उहाँले यतिन्जेल सहयोग र सद्‌भावका लागि राष्ट्रपति, प्रधानमन्त्री नरेन्द्र मोदी र मन्त्रिपरिषद्लाई धन्यवाद दिनुभएको बीबीसीले जनाएको छ ।

उपराष्ट्रपति जगदीप धनखरले आफ्नो राजीनामा पत्रमा लेख्नुभएको छ,’संसद्‌का सबै माननीय सदस्यहरूबाट मैले पाएको स्नेह, विश्वास र सम्मान मेरो जीवनभर मेरो हृदयमा रहनेछ।’

राजिनामा पत्र