आज भारतमा ३.२ म्याग्निच्युडको भूकम्प

आज मंगलबार बिहान भारतको प्रदेश हरियाणाको फरिदाबादमा भूकम्प गएको छ।

भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार फरिदाबाद केन्द्रबिन्दु भएर आज बिहान ६ बजे ३.२ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको गहिराई २८.२९ डिग्री उत्तर अक्षांश र ७२.२१ डिग्री पूर्वी देशान्तरमा सतहबाट ५ किलोमिटर तल थियो।

भारतीय सञ्चारमाध्यमका अनुसार भूकम्पका कारण अहिलेसम्म कुनै प्रकारको क्षति भएको खबर नरहेको बीबीसी हिन्दिले जनाएको छ ।