गायक मोतिराज खनालको मौलिक तिजगीत सार्वजनिक

लोकप्रिय गायक मोतिराजले तिजको छेको पारेर मौलिक तिजगीत सार्वजनिक गर्नुभएको छ । सार्वजनिक भएको छोटो समयमा दर्शकको रोजाइको गीत बन्ने छनक देखिएको छ युटुव , फेसबुक रिल्स, र टिकटकमा यस गीतले दर्शकको मन जित्न सफल भएको छ । रिपोटर्स क्लब नेपालको हलमा छड्के कपाल किन कोरेको तिजगीत सार्वजनिक भएको हो। सन्सा फिल्मसको अध्यक्ष सुरज खनालको अध्यक्षतामा माननीय सांसद बिजुला रायमाझीको प्रमुख आतिथ्यता रहेको थियो भने गायक मोतिराज खनालको संयोजकत्वमा कार्यक्रम सब्य र भव्य रुपमा सम्पन्न भएको हो।

लोकप्रिय गायक तथा सर्जक मोतिराज खनालको शब्द , संगितमा तयार यस बर्षको मौलिक तिज गीतले महिला दिदीबहिनीको मन जित्न सक्ने आकलन गर्न सकिन्छ । सुनौ सुनौ लाग्ने संगितको धुनमा अत्यन्तै मौलिक शब्दले जो कोहिलाई मोहित बनाउन सक्छ । यस गीतमा गायक मोतिराज खनाल स्वयंका साथै लोकप्रिय गायिका राधिका हमालको स्वर रहेको छ।

दिपेश बिष्ट कृष्ण खत्री रश्मि भुजेल कल्पना मल्लको पनि सहायक स्वर समावेश गरिएको छ । यस गीतको एरेन्ज रमेश सेन्चुरीले गर्नुभएको हो। द म्युजिक ईरा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यस गीतको रेकर्डिङ र मिक्सिङ कृष्ण बाजुरालीले गर्नुभएको थियो। चर्चित निर्देशक सुरज खनालको डाइरेक्सन साथै शिवजी क्षेत्रीको कोरियोग्राफी रहेको छ । मोडल कृष्ण खत्री र चर्चित मोडल रिना गुरुङको दमदार अभिनय रहेको छ। सहायक कलाकारमा गीता खनाल , अस्मिता खनाल , कृष्टिना शाहको समेत अभिनय रहेको थियो । बिशिस्ट अतिथि राष्ट्रिय नाचघर जमलका पुर्व जिएम लक्ष्मण रायमाझी, समाज सेवी ऋषि भुसाल , समाजसेवी धनेन्द्र बस्नेत लगायत अतिथी हुनुहुन्थ्यो कार्यक्रम सबिन खड्काले सन्चालन गर्नुभएको थियो। गीत ललितपुरको युएन पार्कमा शुटिङ सम्पन्न गरिएको आयोजकको भनाइ छ।

गायक तथा सर्जक मोतिराज खनालले दुई दशक देखि निरन्तर गीत संगितमा योगदान दिदै आउनुभएको छ। उहाँले भर्खर दुइमहिना अगाडी सुपादेवी देउरालीकी माइ बोलको भजन सार्वजनिक गर्नुभएको थियो उक्त भजनले श्रोताहरुको मन जित्न सफल भएको थियो। खनालका दर्जनौं गीत सांगितिक बजारमा कालजयी भएर बसेका छन। गीत संगित र टेलिसिरियलमा खनालको योगदान अतुलनीय छ। त्यसैगरी चर्चित मोडल रिना गुरुङले अनिनय गरेका दर्जनौं गीत बजारमा हेर्न सकिन्छ। डाइरेक्टर सुरज खनालले अति भो , ख्याल ठट्टा सिरियलमा पनि डाइरेक्सन गर्नुका साथै अभिनयमा पनि उत्तिकै पोक्त हुनुहुन्छ। सबैको सहकार्यमा अत्यन्तै मीठो तिजको कोशेली बजारमा आएको हो ।