वर्तमान समयमा नेपालमा सूचना प्रविधिको विकासमा सुधार आएको छ । प्रविधिको विकास भएसँगै जनताले आफ्नो काम–कार्बाहिमा सहज भएको महसुस गरेका छन् । सूचना प्रविधिमा नेपालले फड्को मार्नु एउटा सराहनीय विषय हो । तर सूचना प्रविधिको विकाससँगै साइबर अपराध पनि बढ्दो रूपमा रहेको देखिन्छ ।
नेपालमा अहिले दुर्गम ग्रामीण भेगको कुना कन्दरादेखि सहरी भेगको गल्ली गल्लीसम्म प्रविधिको विकास भएको छ । तर, तुलनात्मक रूपमा हेर्ने हो भने दुर्गम भेगका मानिस भने प्रबिधिका कारण पिडित भएका छन् । जसरी नेपालमा सूचना प्रविधिको विकास भएको छ त्यसको तुलनामा सूचना प्रविधिसम्बन्धि ज्ञान १० प्रतिशत नेपाली नागरिकमा मात्र छ । पढे लेखेका शिक्षित व्यक्तिसँग पनि यो ज्ञान नभएको पाइन्छ । यदि ज्ञान थियो नै भने साईबर अपराध किन बढिरहेको छ त ?
पछिल्लो तथ्याङ्क अनुसार नेपालमा साक्षर जनशक्तिको संख्या बढेको छ । नेपाल जीवनस्तर सर्वेक्षण अनुसार सन् २०२२-२३ मा नेपालको साक्षरता दर ७७.४ प्रतिशत रहेको छ । तर यो तथ्याङ्क फाइलमा मात्र सीमित भएको देखिन्छ । देशको कूल जनसंख्याको करिब तीन चौथाई जनसंख्या साक्षरता भएको देशमा साइबर अपराधले दिनदिनै किन स्थान पाइरहेको छ रु यो प्रश्न सायदैको दिमागमा हुनसक्छ ।
कूल जनसंख्याको तीन थौथाइ साक्षर हुँदा पनि साइबर अपराध !
नेपालको जनसंख्याको बनोट अनुसार चार जनामध्ये तीन जना साक्षर छन् भन्ने तथ्य उत्साहजनक नै हो । तर यो साक्षरताले प्रविधिको सुरक्षित प्रयोगको ग्यारेन्टी दिएको छैन । शिक्षा हुँदा हुँदै पनि मानिसहरू अनलाइन ठगी, गोप्य डाटा चोरी, र सामाजिक सञ्जालमार्फत हुने अपराधहरूबाट सिकार भइरहेका छन् । यसले देखाउँछ कि हाम्रो समाजमा अझै ‘डिजिटल चेतना’ को अभाव छ ।
नेपाल सरकारले प्रत्यक बालबालिकालाइँ आधारभुत शिक्षा अनिवार्य नियम कानुुन बनाए पनि प्राविधिक विषयमा भने सरोकारवालाको ध्यान नपुगेको पाइन्छ । कक्षा ६ देखि नै कम्प्युटर विषयलाई राखिएको छ तर त्यसलाई प्रथामिकतामा राखेर पाढाउने चलन भने नेपाल अझै पनि विकास भएको छैन् ।
नेपाल सरकारले यो विषयमा ध्यान दिएको छैन जसको कारण साइबर अपराधले दिन दिनै स्थान पाइरहेको छ । डिजिटल सेवाको विकास गरे तर खोइ त डिजिटल शिक्षा रु पाँच वर्षको बच्चालाई सात किलो किताब कपीको भारी बोकाए सरी भयो । डिजिटल सेवा लिन जानेको छु तर त्यसलाई कसरी सुरक्षा गर्नुपर्छ त्यो थाहा छैन । कस्तो विडम्बना !
बढ्दो बेरोजगारी
नेपालमा धरै युवाहरू बेरोजगारी छन् । जसका कारण उनीहरू सामाजिक सञ्जालमा दिन रात बिताउन थाल्छन् । जब मान्छे मोबाइलमा झुन्डिएर मात्र बस्छ तब मानिस नकारात्मक सोच आउँछ र उसले सामाजिक सञ्जालको दुरुपयोग गर्न थाल्छ । विभिन्न खालको फोटो बनाउने , अरुलाई ब्लयकमेल गर्ने जस्तो बानीको विकास हुन जान्छ र उ बिस्तारै ठूला ठूला अपाराधिक क्रियकलापमा आवाद्ध हुन पुग्छ । सुरुवाती समयमा उसलाई सामाजिक सञ्जालको दुरुपयोग गर्दा कस्तो सजायको भागेदार भइन्छ भन्ने कुराको सुइँकोसम्म हुन्न । जब थाहा पाउँछ उसले आफुलाई अपारधि अवस्थामा पाउछ ।
अनलाइन ठगी
इन्टरनेटमार्फत झुटो सूचना दिएर आर्थिक लाभ लिनु अनलाइन ठगी हो । पेजहरू खोलेर त्याहा आर्कष र ब्राण्डेड लुगाहरूलाई बेच्न राखिन्छ त्यो पनि कम मूल्यमा, अनि क्रेताले हाफ पेमेन्ट वा फूल पेमेन्ट गरेर अर्डर गर्छ तर समान घरमा आई पुग्दैन । जसले गर्दा अनलाइन ठगीमा मान्छेहरू मुसिएको पाइन्छ ।
फिसिङ
फिसिङ भनेको नक्कली वेबसाइट वा इमेल प्रयोग गरी प्रयोगकर्ताको गोप्य जानकारी चोर्ने कार्य हो । प्रतिष्ठित कम्पनीको लोगोको प्रयोग गरी नक्कली पुरस्कार जितेका देखाइन्छ । जुन अहिले सामाजिक सञ्जालमा फैलिएको छ । एउटा लिङ्क आउँछ त्यस्मा ठ्याकै प्रतिष्ठित कम्पनीको जस्तै लोगो हुन्छ अनि त्यो लिङ्कमा क्लिक गर्दा तपाईँले यत्ति नगद वा ब्राण्डेड स्मार्ट फोन जित्नु भयो अब यी टास्कहरु सक्काउनुस् भन्छ । टास्कहरु पूरा गर्न खोजिन्छ, यो लिङ्क आफ्नो फ्रेण्ड लिस्टमा भएका साथीहरूलाई सेयर गर्न भनी आउँछ, आफू त त्यो जालोमा फसियो फसियो तर आफ्नै साथीहरूलाई पनि त्यो जालोमा फसाइन्छ । त्यो सब लाभले गर्दा भएको हो । त्यस्ता लिङ्कहरू खोलेर त्याहाको टास्क पुरा गर्दा हाम्रो सबै पासवर्ड, बैङ्क विवरण जस्ता गोप्य डाटाहरू त्यो लिङ्कको मार्फत ह्याकरसम्म पुगिसकेको हुन्छ । लोभमा परि फेसबुक टिकटक इन्सटाग्राम जस्ता सामाजिक सञ्जाल ह्याक भई त्यसेको दुरुपयोग गरेका छन् जसले सामाजिक सञ्जालको भित्ता पिटिरहेका छन्
साइबर बुलिङ तथा यौनजन्य अपराध
इन्टरनेटको माध्यमबाट कसैलाई अपमानजनक सन्देश पठाउने, धम्क्याउने, वा गाली गर्ने कार्यलाई साइबर बुलिङ भनिन्छ । विशेष गरी किशोर–किशोरी तथा महिलाहरूलाई सामाजिक सञ्जालको प्रयोग गरी माया मोहमा फसाई गोप्य अङ्गको तस्बिर तथा भिडियोको माग गरी ब्ल्याक मेल गर्ने जस्तो कार्य गरिरहेका छन् जसले गर्दा पीडितको मानसिक स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ ।
के साइबर अपराध नियान्त्रण गर्न सकिन्छ ?
नेपाल सरकारले यो विषयमा चासो देखाउने हो भने साइबर अपराधलाई नियन्त्रण गर्न सकिन्छ । पहिलो र महत्त्वपूर्ण पक्ष भनेको जनचेतना अभिवृद्धि गराउनु नै हो । नागरिकहरूलाई प्रविधिको सुरक्षित प्रयोगबारे सचेत गराउनु, स्कुल–कलेज र समुदाय स्तरमा डिजिटल साक्षरतामूलक कार्यक्रम सञ्चालन गर्नु नै वर्तमान समयको मुख्या पाटो हो । यस्ता अपराधलाई राज्यले प्रथाकिमतामा राखेर कानुन बनाउने हो भने एक पछि अर्को साइबर अपराधको जन्म हुँदैन ।
साइबर अपराधसम्बन्धी कानुनहरू यथाशीघ्र अद्यावधिक गरी कार्यान्वयन गर्न जरुरी रहेका छ । प्रहरीको साइबर ब्युरोलाई प्रविधि, जनशक्ति र स्रोतसाधनले अझ सशक्त बनाउनुपर्छ, जसले समयमै अपराधी पहिचान र नियन्त्रण गर्न मद्दत गरोस् । नेपाल सरकारले नेपालमा दर्ता भएका सामाजिक सञ्जाललाई मात्र चलाउने र सामाजिक सञ्जाल प्लेटफर्महरूसँग सहकार्य गरी नक्कली खाता, ब्ल्याक मेल वा धम्की दिने प्रयोगकर्तालाई तुरुन्त कारबाही गर्न सकिने व्यवस्थाको विकास गर्न जरुरी रहेको छ ।
साथै विभिन्न खालका बैङ्किङ सेवा लिने सेवाग्राहीहरूले बलियो पासवर्ड राख्नुपर्ने सिस्टम बनाउनुपर्छ । साथै सामाजिक सञ्जालमा आएका अज्ञात लिङ्क नखोल्ने, गोप्य जानकारी नबाँड्ने, र शङ्कास्पद क्रियाकलाप देखिएमा तुरुन्त सम्बन्धित निकायमा उजुरी दिने जस्ता गतिविधिलार्य अगि सार्नू पर्छ । प्रविधिको उज्यालो प्रयोग गर्न सकोस् भनेर, प्रत्येक प्रयोगकर्ता सजग, सचेत र जिम्मेवार बन्नु आजको आवश्यकता हो ।
संसारन्यूजबाट साभार