नाग पंचमीबाट हिन्दुहरुको पर्व सुरु हुन्छ र चैते दशैंमा गएर विसर्जन गर्ने चलन छ । प्राय गरेर उत्तरायण र दक्षिणायण दुइटा समय हुन्छ । हाम्रो पर्वहरु यो दक्षिणायणको समयमा साउन संक्रान्तिबाट पर्वहरुको आरम्भ भइ माघे संक्रान्ति हुँदै रामनवमी अथवा चैत्र दशमीबाट विसर्जन हुन्छ । हाम्रा हरेक दिनहरु, हरेक पर्वहरु भगवानसंग र धर्मसंग जोडिएका छन् । हरेक पर्वहरु सातवटा बारहरुसँग पनि जोडिन्छन् ।
जस्तो आइतबार सूर्यसँग सोमबार चन्द्रमासँग मंगलबार मंगलसँग बुधबार बुधसँग हुँदै ग्रहहरुबाट बारका नामहरु राखिएको पाइन्छ । अनि बारका अधिपतिहरु पनि अलग छन् । यि संयोगहरुलाई तिथि, बार, नक्षत्र, योग, करण, राशि, पंचांग भनेर भनिन्छ । त्यसका आधारमा प्रत्येक दिनको बारको, तिथिको व्रत छ । नक्षत्रको पनि व्रत छ भन्ने गरिन्छ । यसरी बनेका संयोगहरु सबै भगवानसँग, परम्परा वा धर्म शास्त्रसँग जोडिएका छन् । हाम्रो सनातनसँग जोडिएका छन् ।
कुशे औंसीको कुरा गर्दा यसको तेस्रो दिन तीज परेको छ । पाँचौ दिन पञ्चमी पर्छ । जसलाई महिलाहरुको विशेष पर्व पनि भनिन्छ । कुशको विशेष महत्व पनि छ । जसरी गाईको महत्व छ त्यसैगरी कुशको पनि महत्व छ । कुश र कुशे औंसी धार्मिक रुपमा बढी महत्वपूर्ण मानिन्छ । न्वारन गर्दा वा कुनैपनि वैदिक कर्म गर्दा कुश नभइकन कुशको पवित्र नभइकन संकल्प पनि हुँदैन । त्यसैले कुश छेदन गर्ने हाम्रो यो धर्व आमा बस्या भनेर धर्व भनेर संस्कृतमा कुशलाई भन्छ र यसलाई धर्व रोपण, धर्व छेदन औसीको रुपमा मानिन्छ । अनि औसीमा छेदन गरिएको कुश गृहमा प्रवेश गराइन्छ । जसलाई विधिवत रुपमा स्थापन गरेको कुशलाई अघिल्लो औंशीसम्म प्रयोग गरिन्छ ।
कुशे औंसी र बुबा
कुशे औंसीलाई हामीले बुबाको मुख हेर्ने दिन भनेर भन्न गर्छौं । यसलाई हामी माता तीर्थ औंशी भनेर माता तीर्थमा श्राद्ध वा पिण्ड दान गर्ने परम्परा छ । त्यस्तै आमाको मुख हेर्ने दिन आमा नहुनेले आमाको नाममा तर्पण पिण्ड दिने गरिन्छ । आमाको आत्माको मुक्तिको निमित्त दान, धर्म, पुण्य कर्महरु गर्ने गरिन्छ । तर जसको आमा हुनेहरुले आत्म तृप्ति, खुशी र आशिर्वाद ग्रहण गर्नको लागि आमाको मुख हेर्ने दिनका रुपमा मनाउने गर्छौं । जसलाई मातृ औंसी पनि भनिन्छ ।
मातृ औंसीको आफ्नै किसिमको शास्त्रीय महत्व छ । हाम्रो शास्त्रले पनि मातालाई पहिलो स्थानमा साथै दोस्रो पितृदेवोभव, मातृदेवोभव, पितृदेवोभव भनिएको छ । त्यस्तै आचार्यदेवो भव भनेर गुरुहरुको स्थान मानिएको छ । त्यसैगरी गुरु पुर्णिमा पनि छ । यही समयमा हामीले गुरु पुर्णिमा पनि मनायौं । गुरु पुर्णिमा पछि पितृवंशी मानिएको छ । पितृवंशीमा पनि विभिन्न तिर्थस्थानहरुमा गएर तिर्थ श्राद्ध गर्ने परम्परा छ । विशेषगरी वर्षको तीनवटा औंशीहरु विशेष महत्वपूर्ण छ ।
कुशे औंसीमा पिताको सम्मानको लागि उहाँको क्रेडिटलाई याद गर्ने दिनपनि हो । जीवित पिताहरुको आशिर्वाद ग्रहण गर्ने अनि दिवंगत पिताहरुको पनि आत्म तृप्ति र मोक्षको लागि श्राद्ध आदि कर्म गर्ने गरिन्छ । पिताको शिक्षालाई, निर्देशनलाई वा सन्देशलाई स्मरण गरेर जीवनलाई आफ्नो परम्परागत रुपमा ग्रहण गर्ने गरिन्छ ।
कुशे औंशीको दिन आफ्नो पितृहरुको कुल परम्पराका आधारमा पितृहरुको निर्देशनमा छु, त्यो भन्दा बाहिर म गएको छैन, पिताजीको सन्देश, उपदेश, उहाँका सत्कर्म वा संस्कार याद गर्ने परम्पराका रुपमा मानिआएको छ । जीवित पिताजीबाट शिक्षा लिने, उपदेश वा आशिर्वादहरु दिनुस् भनि ढोग गर्ने गरिन्छ । यस दिन पिताजीलाई मिष्ठान्न भोजन गराउने अनि इच्छाहरु सोध्ने काम हुन्छ । अनि सन्तानले आफूबाट पिताजीका इच्छाहरु पूरा गर्ने, अपेक्षाबारे सोधखोज गर्ने गर्नुपर्छ ।
यसको सुरुवात पनि ऋषि मुनिहरुबाट नै भएको हो । वेदबाट भएको हो । वेद भनेको हाम्रो निगम कल्पतरु भनेर भनिन्छ । वेद भनेको सम्पूर्ण शास्त्रको हिन्दु बाङ्मय हो । त्यसको धरोहर हो वेद । अनि वेदबाट उपवेद, उपवेदबाट उपनिषद उपनिषदबाट पूराणहरु अनि सुर्ति र स्मृतिहरु यि सम्पूर्णको उत्पत्ति नै वेद हो । वेदमा यो औंशीको लामो कथा पनि छ । पिताको आशिर्वाद ग्रहण गरेको प्रसंग पनि छ । जन्मने बित्तिकै पिताको मृत्यु भएको अथवा माताको गर्भमा हुँदा पिता बितेको अर्थात उसले जन्मदैमा पिताको मुखसम्म पनि हेर्न पाएको हुँदैन । त्यो भनेको पिताजीको चित्त दुखाएको, मनमा ठेस पुर्याएको, दुःख लागेको हुनसक्छ भनेर स्मरण गर्ने गरिन्छ ।
हामीबाट पिताजीले धेरै अपेक्षा र सपनाहरु बोकेर हजारौं दुःख कष्टहरु भोगेर पनि सन्तानको लागि यहाँसम्म काँध थापेर संघर्ष गर्नुभएको हुन्छ । पिताजी भनेका घरको छत जस्तै हुन् । हजारौं प्रहारहरु, कष्टहरु, अभावहरु, दुःखहरु सहेर पनि आफ्नो सन्तानलाई सुरक्षित राखेर, सुरक्षा दिएर लालनपालन र सम्पूर्ण दायित्वहरुको निर्वाह गरेको हुन्छन् । वृद्धा अवस्थामा पिताजी दुःखी भए भने ‘माताजी कमलादेवी, पिता देवो जनार्दन’ भनेर भनिएको छ । माता हाम्री साक्षात लक्ष्मी हुन् । जीवित लक्ष्मी भनेकै हाम्रो आमा हुन् । माता हुन् । माताको चरणको सेवा गर भनिएको छ ।
पूजाविधि
कुशे औंशीको पूजा आराधना गर्ने आफ्नै विधि वा प्रक्रिया छ । पिताजी नहुनेले त्यो दिन तर्पण वा पिण्ड दान गर्ने, श्राद्ध गर्ने गरिन्छ । श्राद्ध गर्ने सनातन विधि छ । पितृहरुको नाममा सम्पूर्ण दिवंगत पितृहरुको नाममा तर्पण आदि गर्ने गरिन्छ । अनि उहाँहरुको स्मरणमा पिता परपिता आदि जति हुनुहुन्छ उहाँहरुलाई कुलमा स्मरण गरिन्छ ।
कुलको अनन्त वृद्धि होस् भनेर दिवंगतलाई बसु स्वरूप, आदित्य स्वरूप र रुद्र स्वरूप तीनटा स्वरूप, लोकहरुको स्मृति गरिन्छ । दिवंगत पितृहरुले आफ्नो कुलको वृद्धि भयो भने धन सम्पन्न हुने विश्वास छ । धनको, कुलको, सन्ततिको वृद्धि भयो भने यिनीहरुले हामीलाई याद गर्दैनन् । तरुण पिण्ड देलान् तिलाञ्जली देलान् भनेर भन्ने उनीहरुले अपेक्षा गरेका हुन्छन् ।
अधिकारी ,बरिष्ठ ज्योतिष एवम पण्डित