आज बुवाको मुख हेर्ने दिन प्रधानमन्त्री ओलीले लेखेका छन, ‘म ४ वर्षको हुँदा आमा बित्नु भयो। उहाँको अनुहारको धमिलो सम्झना मात्र मसँग बाँकी छ।
आज बुबाको मुख हेर्ने दिन भाद्र कृष्ण औंसी अर्थात् कुशे औँसी । बिहानै बुबासँग आशीर्वाद लिएँ।
बुबाको मुख हेर्ने दिन, हाम्रो परम्परामा पितृ सम्मानको प्रतीकात्मक दिन हो। बुबा आमालाई एउटा विशेष दिनमा मात्र होइन, सधैं आदर, सम्मान गर्नु पर्छ। टाढा रहेका छोराछोरी पनि यस दिन बुबाको मुख हेर्न आउने भएकाले यो विशेष दिन भएको हो।
बुबा ९६ वर्षको हुनुभयो। कान अलि कम सुन्नुहुन्छ, पुस्तक पढ्न अझै चस्मा लगाउनु पर्दैन, नजिकसम्मका हिँडडुल गर्न सक्नुहुन्छ।बुबासँग एकछिन् उतिबेलाका केही प्रसङ्गमा कुरा भए। उहाँको सुस्वास्थ्य र दीर्घायुको कामना छ। सबैका जीवित पिताहरुलाई नमन, दिवंगत पितृहरूलाई श्रद्धा। बुबाको मुख हेर्ने दिन सबैलाई शुभकामना!’
प्रधानमन्त्री ओलीले यस्ता चाडपर्व लगायत धेरैकुरामा शुभकामना दिने गर्दछन् उनी सामाजिक सञ्जालमा अन्य नेताका तुलनामा बढी सक्रिय छन ।