अध्यक्ष प्रचण्ड लक्षित माओवादी केन्द्र उपमहासचिव जनार्दन शर्माको टिप्पणी – शेषनागले कहीँ पृथ्वी बोकेको पनि छैन । शेषनागले पृथ्वी बोकेको पनि हुँदैन । त्यो त दन्ते कथा हो । शेषनागले पृथ्वी बोकेको छ, त्यसले यसो हल्लाइदियो भने भूकम्प आउँछ भन्ने त दन्त्यकथा हो । आज त विज्ञानले अर्कै पुष्टि गरिसक्यो । त्यस कारणले यो पृथ्वी चल्छ, केही ढल्दैन ।
पछिल्लो समय नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र माओबादी केन्द्रका नेता जनार्दन शर्मा बीच शब्दको वार चलिरहेको छ उनीहरु एक अर्कालाई आरोप लगाउँदै हिँडिरहेका छन् ।
जनार्दन नेतृत्व हस्तान्तरण गर्नुपर्छ भन्ने जोडमा छन् भने प्रचण्ड अहिलेनै मेरो उत्तराधिकारी कोहि छैन मैले हस्तान्तरण गर्दा सम्हाल्ने मान्छे नभएको जिकिर गर्छन ।
तस्बिर : फोटो एड बाट निर्मित