रथारोहणसँगसँगै वामनेताहरु वृद्धाश्रममा ? 

मोहनविक्रम सिंहलाई वामपन्थी कित्ताका सबैभन्दा पाका कम्युनिष्ट नेतामा गणना गरिन्छ । यिनी उमेरले नब्बे काटिसकेका छन् । उनको जन्म सन् १९३५मा भएको थियो ।

निर्वाचन आयोगमा दर्ता भएका कम्युनिष्ट नामधारी २६ पार्टीको नामावलीमा सिंह नेकपा मसालका आजन्म प्रमुख हुन् ।

यो लेखकले गुरू चतुर्भुज पुडासैनीबाट बाह्रखरी सिकेको हो । गुरूले अंकको गणना गर्ने पद्धति कहिल्यै नबिर्सने गरी बढो गजबले पढाउनुभएको रहेछ किनभने पाँच वर्षको हुँदा सिकेको विद्या ६५ सम्म उपयोगी भैरहेको छ ।

कुन उमेरको व्यक्तिलाई के भन्ने भनेर गुरूले सिकाउनुभएको थियो– जब पुग्यो एक भुइँमा खुट्टो टेक, दुई काँधमा बुइ, तीन माछा छिन, चार गोडो पसार, पाँच आँगनमा नाच, छ पढ्न लाग्यो क ख, सात धुलीसात, आठ पढ्न बस पाठ, नौ जुजु धौ, १० कुर्सीमा बस भन्दै एवम रीतले २० तेरा कुरा इस्, ३० पानी पिइस्, ४० घरको जग हालिस्, ५० छोराछोरी लतार, ६० टेक्न थालिस् लाठी, ७० भुइँमा खुट्टो लत्तरी, ८० कुनामा बसी, ९० हब्बे न कब्बे, १०० यमराजको भय आदि आदि ।

यो गणना अनुसार ९० काटिसकेका मोहनविक्रम सिंह तदनुकूल भैसकेका छन् तर उनी अहिले पनि पार्टी हाँकेर उछलकुद मात्र गरिरहेका छैनन् कि पत्नीलाई मन्त्री बनाउन उत्तिकैसँग लागिरहेका छन् । पटक पटक बनाइ पनि सके ।

तर पनि सिंहले भौतिकताको मोहजालबाट छुटकारा पाउन सकेका छैनन् । बरु नेपाली संस्कार संस्कृतिका १६ संस्कार अंगालेर उनको देवरथारोहण गर्यो भने उनीबाटै छरिएर छिन्नभिन्न बनेका वामपन्थीहरुलाई नेतृत्व गर्ने सामथ्र्य विकसित हुन्थ्यो कि रु यसो भयो भने निर्वाचन आयोगमा २६ होइन, एउटा मात्र वामपन्थी पार्टी दर्ता भएर आयोगलाई काम गर्न सहज वातावरण उत्पन्न हुनसक्थ्यो ।

ब्राम्हण क्षत्रीहरुको प्राय ८४ वर्ष पुगेपछि चौरासीपूजा गर्ने चलन छ तर नेवार समुदायमा भने ७७ वर्ष सात महिना सात दिनको शुभसाइत पारेर जंकु र त्यसपछि ८८ वर्ष आठ महिना आठ दिन पारेर देव रथारोहण गर्ने गर्ने गरिन्छ । नेपालका प्रथम कृषि इन्जिनियर हुतराम वैद्यले देवरथारोहण गरेपछि भन्नुभएको थियो, हेर अब मलाई बोल्न र व्यवहार गर्न गाह्रो हुनेभयो । मैले सोधें किन ?

यतिधेरै शाखा सन्तान साथीभाइ छन्, घरखेत सम्पत्ति छ, ज्ञान छ, अब के को गाह्रो रु अब चैं मज्जासँग बोल्न थाल्नुहोस् न बरु १ तर उहाँले गम्भीर बनेर भन्नुभयो, म देव रथारोहण गरेको व्यक्ति । मैले जे पायो त्यही, नाफा घाटाको कुरा अब गर्न मिल्दैन । मैले त कसैलाई पीर मर्का अन्याय हुने गरी असत्य बोल्नै हुँदैन ।

मलाई सहज छैन बोल्न, लेख्न र विचार पोख्न रु सुनी, बुझी, जाँची, असत्य नहुने गरी यहाँ बोल्न गाह्रो छ । मुख छ भनेर प्वाक्क बोल्न पाइँदैन । पाइन्छ त ? धर्मराज युधिष्ठिर कति अप्ठेरोमा परेका थिए–‘नर वा कुञ्जरो वा अस्वस्थामा हतोहत ।’ त्यसैले मैले गर्नैपर्ने र गर्नसक्ने सबैथोक गरिसकें, अझै पनि लोभ गरेर दायाँबायाँ गरेर बाँच्नुभन्दा म शान्त मरण चाहन्छु । देव रथारोहणमा चढेको व्यक्ति जसरी मर्न चाहन्छु ।

उहाँका कुरा सुन्दासुन्दै मेरा आँखा रसाएका थिए तर आज तिनै आँखा खोलेर हेर्दा नेपाली वामपन्थीहरुको चाल–चलन र व्यवहार देखेर आदरले होइन, आत्मग्लानीले रसाए ।

२६ वटा पार्टीका नेताहरु एक एक वटा चुलो बालेर वामपन्थी र कम्युनिष्टहरुको पानी खिचडी पकाइरहेका छन् ।

यसको बदलामा वयोवृद्ध मोहनविक्रम सिंहको देवरथारोहण गरेर कम्युनिष्टहरुलाई एउटै कम्युनिष्ट पार्टीमा समाहित गर्न सकियो भने शास्त्रअनुसार २५ वटा पार्टी मुखियाहरुले आफ्नो पटुका खोलेर रथ तानेपछि त्यही पटुकाले पार्टी नेताहरु एकैचोटी बाँधेर जेष्ठ नागरिक आश्रममा राख्न सकिन्थ्यो कि ?

अत्याधुनिक सुविधासम्पन्न वृद्धाश्रममा सबै जेष्ठ वामपन्थीहरुलाई नथन्क्याएसम्म न मुलुकमा स्थिरता हुन्छ नत राजनीति नै सङ्लिन्छ भन्दै समाजशास्त्रका प्राध्यापक भन्छन्, नयाँपुस्ताले मात्रै अबको समाज रुपान्तरण गर्न सक्छ । वि.सं. २००६ सालमा स्थापित नेकपाको एउटै नीति सिद्धान्त र कार्यक्रमका बावजुद फुटेर २६ टुक्रामा विभाजित नेपाल कम्युनिष्ट पार्टीका २६ भान्छेहरुको नामावली निर्वाचन आयोग यसप्रकार छ, नेकपा मसाल मोहनविक्रम सिंह, नेकपा क्रान्तिकारी माओवादी मोहन वैद्य, नेकपा माओवादी केन्द्र पुष्पकमल दाहाल प्रचण्ड, नेकपा नेत्रविक्रम चन्द विप्लव, नेकपा संयुक्त चन्द्रदेव जोशी, नेकपा वैज्ञानिक समाजवादी विश्वभक्त दुलाल, नेकपा राष्ट्रवादी मीननाथ देवकोटा, नेकपा नेकपा माआवादी रामनारायण पाल, नेकपा नेपाल माक्र्सवादी पुष्पलाल, नेकपा प्रजातन्त्रवादी सुदीप रुवाली, नेकपा सोसलिष्ट राजु कार्की, नेकपा गौरवशाली भवेश्वर पराजुली, नेकपा माओवादी समाजवाली कर्णजीत बुढाथोकी, नेकपा राष्ट्रिय एकता अभियान बामदेव गौतम, नेकपा बोल्शेभीक, नेकपा एमएल सिपी मैनाली, नेकपा ऋषि कट्टेल, नेकपा माओवादी लेनिनवादी सोसलिष्ट विष्णुराज अर्याल, नेकपा नेत्रविक्रम चन्द, नेकपा माक्र्सवादी अम्बिकाप्रसाद बैद्य, नेकपा माओवादी केन्द्र गोपाल किराती, नेकपा राष्ट्रवादी जन गणतन्त्र मोर्चा चन्द्रप्रकाश गजुरेल, नेकपा राष्ट्रिय जनमोर्चा चित्रबहादुर केसी, नेकपा नेपाल मजदूर किसान पार्टी नारायणमान विजुक्छे, नेकपा एकीकृत समाजवादी माधव नेपाल, नेकपा एमाले केपी शर्मा ओली ।

२६ वटा पार्टीका नेताहरु एक एक वटा चुलो बालेर वामपन्थी र कम्युनिष्टहरुको पानी खिचडी पकाइरहेका छन् ।

सबै वामपन्थी नेताहरु पदलोलुप बन्दै गाली–गलौज, गुट–फुट, लोभ–लालच, तेरो–मेरो, धन–सम्पति, सुख–सुविधा, ऐस–आराम, भोग–विलासका पर्याय भएका पो देखिए । विभेदमा पारिएका, शोषण दमनले पिल्सिएका, बेरोजगार, मजदूर किसान र श्रमजीवीहरुका नेतामा देखिएको उपरोक्त लुछाचुँडी र त्यसैमा लाज शरम घिन पचाएर चुर्लुम्म डुवेका पो छन् । नीति, सिद्धान्त, आचरण, आदर्श, अनुशासन, नैतिकता र मर्यादा भन्दा धेरै पर पुगेका देखियो । त्यसो नहुँदो हो त एउटै गुरु, एकै नेता र एकै सिद्धान्त मान्ने कम्युनिष्ट बामपन्थीहरु २६ गुटमा बाँडिएर किन विभाजित हुन्थे होला र रु गुट फुट र विभाजन गरिरहने, एकता सद्भाव र मेलमिलापको सदा विरोध गरिरहने जीर्ण दीर्घरोगी हुन्थेनन् होला वामपन्थीहरु ।

वि।सं। २००६ सालमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी यतिखेर ७७ वर्ष ७ महिना ७ दिनको भीम रथारोहणको अवस्थामा पुगेको छ, तर बुद्धि विवेक र इमान भने ७ वर्ष ७ महिनाको बालक जत्ति पनि भएको देखिएन १

सोमबार यिनै कुरा मनमा खेलिरहेको बेला एउटा समाचार आयो, माधव नेपालले भनेछन्, नेतृत्वको बद्ख्वाइ गर्नेलाई छाड्दिनँ १ वामदेव गौतमले भनेछन्, जनताको पक्षमा घनघोर काम गरौंला भनेर एमाले छोडेर आएँ, यहाँ त झन् ठण्डाराम पो रहेछ १ र, झलनाथ खनालले पनि गाँण कोराकोर गर्दै थपेछन्, भ्रष्टाचारमा कारबाही चलेको नेताले पद छाड्नुपर्छ ।

पार्टी सम्हाल्न र नेतृत्व गर्न म तयार छु । केही दिन यताका उनीहरुका अभिब्यक्ति दिक्क लाग्दा छन् । नेपाल, खनाल र गौतम यी तिनै नेता हुन्, जसले माओवादी अध्यक्ष प्रचण्डको लहैलहैमा लागेर एकीकृत बनेर भाइब दिइरहेको नेकपालाई विभाजन गराएका थिए । नेकपा के विभाजन भएको थियो, शक्तिशाली एमाले विभाजनमा माधव र वामदेवले क्षतविक्षत नै पारे । उनीहरु प्रतिनिधिसभामा झण्डै दुई तिहायी बहुमतमा रहेको पार्टी विभाजन गरेर, पार्टी अध्यक्ष आफ्नो प्रधानमन्त्रीलाई पदच्युत गरेर कांग्रेसका सभापति शेरबहादुर देउवाको पाउमा प्रधानमन्त्री पद सुम्पिन पुगे ।

वि.सं. २००६ सालमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी यतिखेर ७७ वर्ष ७ महिना ७ दिनको भीम रथारोहणको अवस्थामा पुगेको छ, तर बुद्धि विवेक र इमान भने ७ वर्ष ७ महिनाको बालक जत्ति पनि भएको देखिएन ।

तर माधव नेपालले प्रचण्ड र शेरबहादुरलाई त्यसरी काँधमा बोक्दा पनि प्रधानमन्त्री बन्न पाएनन् । उल्टो लोप्पा खानुपर्यो । त्यसपछि काँग्रेस माओवादीसँग मिलेर चुनाव लड्दा पनि एमाले टुक्राएर बनाइएको समाजवादी पार्टी राष्ट्रिय पार्टीसम्म पनि बन्न सकेन १

गुट फुट तिकडम गर्दा पनि केही नलागेर दिक्दार अनि हतास जुवाडे झैं बन्न पुगे । कतै ठाउँ नपाएका गौतम, ओथारो बसिसकेका खनाल र बोल्न पनि नसक्ने बनेका नेपाल बल्लतल्ल एक ठाउँमा त आइपुगे तर उनीहरुबीचको आक्रोश, निराशा र मपाईंवाद आइतबार भएको भाषणबाजीमा छर्लंगै देखियो ।

माओवादी काँग्रेसको भोटबाट चुनाव जितेका माधव नेपाल भ्रष्टाचारको आरोपमा संसदबाट निलम्बनमा परेका छन् ।

उनीहरुबीच को ठूलो र कसले पार्टी नेतृत्व हत्याउने भन्ने खिचातानी छताछुल्ल देखिँदैछ । जंकु, चौरासी र देवरथारोहण उमेरका बुढाहरु तँ कि म भनेर गफलतमा उत्रिएपछि कार्यकर्तामा निरासा चरममा पुगेको छ । उनीहरुमध्ये जसले नेतृत्व हत्याए पनि आन्दोलन कमजोर हुनेमा द्विविधा रहेन ।

वामपन्थी आन्दोलनमा कुरा माधव नेपाल, झलनाथ र वामदेवको मात्र हुँदै होइन । चार दशक बढी समयदेखि पार्टीमा एकछत्र अध्यक्ष बनिरहेका पुष्पकमल दाहाल प्रचण्ड पनि घर न घाटको अवस्थामा पुगेका छन् ।

त्यही रनाहाले गर्दा आफूलाई अधिनायकवादी र गैरजिम्मेवार भएको आरोप लगाउने नेत्रविक्रम चन्दको शरणमा सोमबार प्रचण्ड शरणागत हुन पुगेको खबरले पनि प्राणले शरीर छोडिसक्दा पनि पद नछोड्ने वामपन्थी प्रवृत्ति थप उदांगो भएको छ ।

शेषनागले सृष्टि नथामे पृथ्वीमा प्रलय हुने झैं गरिरहेका प्रचण्डलाई वैद्य हुन् कि चन्द राम्रै खप्की खुवाइरहेछन् । बाबुराम भट्टराई प्रचण्डलाई लोप्पा खुवाउने अर्का पूर्व माओवादी हुन् ।

उनी त प्रचण्डलाई सिधै अरबौं रकम हिनामिना गरेको आरोप लगाउने प्रचण्डकै महारथि हुन् ।

राजनीतिशास्त्रका एक प्राध्यापकले भने, पूर्व माओवादीहरुको छटपटी देख्दा मलाई लाग्छ, यिनीहरुलाई रास्वपाले पनि पहेंलो बत्ती मात्र बाल्यो भने सात हात उफ्रिएर त्यहीं अर्को समीकरण बनाउन पुग्ने छन् भन्दै ती प्राध्यापकले भने अब जेष्ठ वामपन्थी नेताहरुलाई रथारोहण गराउँदै वृद्धाश्रममा राख्नुको विकल्प छैन ।

 

जनआस्थाबाट साभार