युरोपमा नेपाली वस्तुको निर्यात बढाउन एनजिसिसिआई र फिनले सहकार्य गर्ने

feen ngcci

युरोपमा नेपाली वस्तुको निर्यात बढाउन तथा नेपालमा युरोपको लगानी भित्र्याउन दुई संस्थाले सहकार्य गर्ने भएका छन् ।

नेपाल निर्यातकर्ता उद्यमी महासंघ (फिन) र नेपाल–जर्मन उद्योग वाणिज्य संघ (एनजिसिसिआई)ले युरोपसँगको निर्यात–व्यापार वृद्धि तथा लगानी प्रबर्दनका क्षेत्रमा सहकार्य गर्ने भएका हुन् । नेपाल निर्यातकर्ता उद्यमी महासंघ (फिन) निर्यात क्षेत्रका उद्यमीहरूको छाता संगठन हो ।

आठवटा वस्तुगत संघ र व्यक्तिगत निर्यात उद्यमी आबद्ध निर्यात महासंघले नेपालको आठवटा उत्पादनको प्रवद्र्धन, निर्यातजन्य उत्पादनको उत्पादनशीलता वृद्धि, र विश्वव्यापी बजार पहुँच सुनिश्चित गर्न विभिन्न प्लाटफर्ममार्फत कार्य गर्दै आएको छ ।

नेपाल–जर्मन उद्योग वाणिज्य संघ (एनजिसिसिआई) एक गैरसरकारी संस्था, जसले जर्मनी–युरोपसँग व्यापारिक सम्बन्ध विस्तार गरी आर्थिक कूटनीतिकमार्फत निर्यात क्षेत्रको उत्थानमा ३५ वर्षअघि काम गर्दै आएको छ ।

केही समय अघि नीति 365 ले नेपाल जर्मन उद्योग बाणिज्य संघक अध्यक्ष सन्तोष चन्द्र कुँवरसंग कुरा गर्दा उनी भन्छन् हाम्रो वनजंगलमा  कुहिएर जाने वस्तुहरूलाई मात्र समयमा संकलन गरेर नीर्यात गर्न सक्यौ भने मनग्य आम्दानी हुन्छ ठूलो सोच्नै पर्दैन खासमा सरकारको तदारुकता हुनुपर्छ हामीसँग प्रसस्त सम्भावना छ मनन गर्न मात्र जरुरी छ ।