नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले महिला उद्योगीलाई सहुलियत कर्जा प्रदान गर्ने भएको छ ।
बैंकले महिलाद्वारा सञ्चालित उद्यम र नयाँ उद्योग व्यवसाय सञ्चालन गर्न चाहनेलाई छुटसहित कर्जा प्रवाहका साथै वित्तीय साक्षरताको सेवा दिने भएको छ । यसका लागि बैंक र महिला उद्यमी महासंघबिच व्यावसायिक सम्झौता भएको छ ।
बैंकले महिलालाई उद्यम क्षेत्रमा आकर्षित गरी व्यवसाय प्रवद्र्धन गर्न सम्झौता गरेको जनाएको छ । सम्झौतापत्रमा इन्भेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र महिला उद्यमी महासंघकी अध्यक्ष शोभा ज्ञवालीले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार महासंघ सदस्यलाई महिलाद्वारा सञ्चालित उद्यम र नयाँ उद्यमी बन्न चाहने विभिन्न विशेष बैंकिब तथा वित्तीय सहयोग प्रदान गरिने उल्लेख छ ।
सम्झौता पश्चात् महासंघकी अध्यक्ष ज्ञवालीले यस कार्यले आफ्नो सीप क्षमता भएपनि लगानीको कारणले समस्या परेकालाई सहज हुने बताएकी छिन् ।