दशैंमा व्रम्हलुट, कहालीलाग्दो मुलुकको अवस्था

जतिसक्दो बढी मुनाफा लिनु परम्परागत व्यापाररव्यवसायको सिद्धान्त नै हो । बजारमा माग बढी भएको मौकामा मूल्यवृद्धि सिर्जना गरिनु हाम्रो समाजमा नौलो होइन । नेपालीहरुको महान् पर्व दशैं, तिहारका बेला खाद्य, लत्ताकपडा लगायतका उपभोग्य वस्तुहरुको अत्यधिक खपत हुन्छ ।

यही मौकामा महँगीसँगै कमसल तथा गुणस्तरहीन र म्याद गुज्रेका सामग्री समेत आँखा छलेर अभावका नाममा बिक्री वितरण गर्ने चलखेल उत्तिकै हुने गरेको छ । तिहारमा प्रयोग हुने खानेमसला नै हेरौं बाहिर बट्टा टल्किएपनि भित्र धेरै पुरानो र ड्यामेज खानेकुरा भेटिन्छ । बजारमा अनुगमन पनि भइरहेको छैन ।

प्रहरी प्रशासन र स्थानीय सरकार आफैं जलेर बेहालमा छन् । यसअघि भरतपुरमा सिक्स लेनको सडक बनेदेखि नै महानगर प्रहरीले फुटपाथ र सडक व्यापारमा निकै कडाइ गरेका थिए । तर जेनजी ध्वंशपछि अहिले पूरै लथालिंगको अवस्था छ ।

चितवनमा हिजोआज हरेकको भान्सामा छाकै पिच्छे नभइ नहुने हरियो तरकारीको भाउ अचाक्ली बढेको उपभोक्ताको गुनासो छ । दशैं लागेपछि सागसब्जीको भाउ ह्वात्तै बढेको छ । सबैजसो हरियो तरकारीको मूल्यवृद्धि भएको छ । ‘किन यस्तो रु’ भन्दा व्यापारी, व्यवसायीहरुको सोझै जवाफ छ, ‘दशैं ।’ अब हरियो तरकारी देखेर पनि तर्सिनुपर्ने भएको व्यवसायीले नै बताए ।

खुद्रा ६०–७० मा बेचिँदै आएको गोलभेडाको भाउ अहिले एकाएक मण्डीमै १२० पुगेको छ । साग मुश्किलले २–३ जनालाई पुग्ने सानो मुठोको ७०र८० रुपैयाँ भएको छ । अस्तिसम्म त्यही साग ३०र४० रुपैयाँमा बेचिएको व्यवसायीले बताए । बजारमा १०० भन्दा तलको कुनै सागसब्जी छैन ।

काउली त्यति राम्रो नभएपनि किलोको १५० पुगेको छ । घिरौंलासमेत १२०, करेला १००, मूला १२०, काँक्रो १०० देखि लोकल १४० भनिँदैछ । सिम्ला पाउकै ५० । भेन्टा किलोको ८०, तने बोडी १६० छ भने च्याउ केही अघिसम्म प्रतिकिलो २०० थियो, अहिले २५० भएको छ । यता तरकारीहरुमा झण्डै दोब्बर मूल्य वृद्धि भएको अवस्था छ । व्यापारीहरुले आजबाट अझ बढ्ने बताएका छन् ।

दशैं लागेपछि बजारमा खानेतेलको मूल्य पनि बढेको छ । एकसाता यता खानेतेलको मूल्यवृद्धि भएपनि अरु खाद्यान्नमा खासै मूल्य नबढेको नारायणगढ, पुतलीबजारस्थित सापकोटा किराना पसलका व्यवसायी कृष्ण सापकोटाले बताए ।

१० लिटर खानेतेलमा १०० रुपैयाँ बढेको जानकारी उनले दिए । भने, ‘तोरी तेल रु। २२६० थियो, अहिले २३६० भाछ । सनफलावर २२०० बाट २३०० पुगेको छ ।’ चनामा पनि अहिले किलोको १० रुपैयाँ बढेको उनले बताए, ‘चना १३० थियो, अहिले १४० भा’छ’, उनले भने ।

नारायाणगढमा खाद्यान्नको होलसेल तथा खुद्रा बिक्री हुने पकेटमार्केट नै पुतली बजार हो । यहाँ मुसुरोको दाल अहिले १४०, मास दाल २००, २२० फरक फरक छ । हरियो केराउ प्रतिकेजी १६०, सेतो केराउ १२०, राजमा १८० छ । चिनीको मूल्य प्रतिकिलो १०० लिइएको छ । चामल सोना मन्सुली २५ किलोको १९ सय, सोना चामल ३० किलो बोराको पनि मूल्य १९ सय नै रहेको पुतलीबजारकै किरानामा बताइयो ।

अझ भगवानकै नाममा पशुबध गर्दै मासु नै धेरै खाएर रमाइलो मानेर चाड मानेझैं गरिने दशैंपर्वमा प्रत्येकजसो घरघरमा, टोलटोलमा माछा मासुको भतेर चल्दछ । नारायणगढ कमलनगरमा खसीको मासुको मूल्य किलोको ११ सय नै टाँगिएको छ ।

बोसोरहित खसीको मासु १२ सय लेखिएको छ । कुखुराको मासु प्रतिकेजी ४२०, राँगाको ५००, बंगुर ६०० भनिएको छ लायन्सचोकमा । तर भरतपुर चौबीसकोठीस्थित एक होटल व्यवसायीले बंगुर मासुको भाउ बढेर अहिले ६५० पुगेको छ ।

बजार एरियाभन्दा परको भित्री इलाकाहरुमा अझ बढी मूल्य लिइनुलाई स्वभाविक नै मान्ने गरिएको छ । नारायणगढ बजारमा अहिले स्याउको मूल्य किलोको ३००, ४००, सुन्तला २०० देखि ४०० सम्म किनबेच भइराछ । तरकारीको स्थिर मूल्य हुन नसक्ने हुँदा बिचौलिया व्यापारीहरुले मौकामा चौका हान्न पाइरहेका हुन् ।

समाजमा सुन र गरगहनाको तकडभडक पनि चाडबाडमा अरु ज्यादा देखिने गरेको छ । अहिले सुन तोलाकै २३ हजार रुपैयाँ बढेको भन्दै नारायणगढका व्यवसायीले कारोबारचाहिँ नभइरहेको बताए ।

दैनिक उपभोग्य वस्तुहरुको मूल्यवृद्धिले हुनेखाने र धनीलाई त खासै फरक नपर्ला, तर गरीबले ऋण, सरसापट गरेरै भएपनि बालबच्चा, परिवार र समाजमा सक्दो खर्चेर दशैं, तिहार मनाउने चलन नेपालमा छ । तर यो संकटको बेला के बजार अनुगमन गर्ने रु भनेर नगरिएको जिल्ला बजार अनुगमन समिति संयोजक सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माको भनाइ छ । अहिले तरकारीको मूल्य बढेको पनि आफूले थाहा नपाएको हिजो सोध्दा उनको भनाइ थियो ।

पहिरोले सडक थुनिँदा तरकारी आउन नपाएर बिक्री हुन पाएको पनि थिएन, अहिले चाडबाड पनि हुँदा केही महँगिएको हुनसक्ने फलफूल तथा तरकारी व्यवसायी संघ चितवनका अध्यक्ष जयराम पाण्डे बताउँछन् । बजारमा माग बढी हुँदा मूल्यवृद्धि सिर्जना हुनु अर्थशास्त्रकै नियम भएको पनि उनले बताए । तर संघको तर्फबाट अनिमियतता बढ्न नदिइने उनले बताएका छन् ।

चाडबाडको बेलामा यात्रुहरुको आवतजावत् बढ्दा लामो दूरीका सार्वजनिक यातायातमा समेत उभिएर कोचिँदै जाँदा पनि बढी भाडा तिर्नुपर्ने अवस्था विगतदेखि नै सधैँ देखिँदै आएको हो ।

काठमाडौंबाट बाहिरिने सार्वजनिक सवारी साधनमा नारायणगढसम्म प्रतिव्यक्ति एक हजार रुपैयाँसम्म लिन थालिसकिएको एक माइक्रो यातायातका स्टाफले बताए । अस्ति दिउँसो उनले नारायणगढ, पुलचोकबाट काठमाडौं जाँदा चाहिँ भाडा ५५० भने । नारायणगढबाट पोखरा पनि ५५०, वीरगञ्ज ३००र३५०, बुटवल ४०० देखि गाडी अनुसार ६०० सम्म भाडा भनिएको थियो ।

जेनजी विध्वंशपछि मुलुक एक किसिमले राज्यविहीन अवस्थामा पुगेको छ । संकट र तरलताको फाइदा उठाउनेहरु यतिबेला निकै सल्बलाइरहेका छन् । अहिले भरतपुरमा म्याजिक गाडीमा समेत पाकेटमारहरु बढिरहेको बताइन्छ । सार्वजनिक यातायातहरुमा यात्रुहरु कोचाकोच भएको अवस्थामा झनै बढी होशियार हुनुुपर्ने अवस्था छ ।

चितवन उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक नीलबहादुर केसी अरुभन्दा पनि भरतपुर, नारायणगढ बजारमा पार्किङकै समस्या चर्को रहेको बताउँछन् । छलेन चौंडा बनाइएको पुलचोक गोन्द्राङ सडकमा बजार एरियामा सर्भिसलेनमै मोटरसाइकल पार्किङ गर्नुपरिरहेको र अटोहरुको पार्किङ पनि सडक किनारमै गरिने अवस्थाले सडक बनेदेखि नै गाडी सरर गुड्न पाइरहेका छैनन् ।

चाडबाड भएर होला बजारभरि फुटपाथ र सडक व्यापार बढेको छ । अस्ति दिउँसो भरतपुर ओरालो र नारायणगढ बजारको सडक सवारीजामले निकै अस्तव्यस्त भइरहेको देखियो । जाम छिचोलेर गाडी खुलाउन ट्राफिक प्रहरीहरुलाई हम्मेहम्मे परिरहेको देखिन्थ्यो ।

दशैंतिहारमा कर्मस्थलबाट जन्मथलो तथा आफ्नो घर फर्किने यात्रुको लर्को अनि बजारमा किनमेलको चहलपहल पनि असाध्यै बढ्ने हुँदा सवारीसाधन र मानिसहरुको भीड बाक्लिएर अहिले सडकजाम बढी भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रनि गायत्रीराज शर्मा बताउँछन् । ‘भाडा बढी लिइएको भन्ने कम्प्लेन नै आउँदैन’ उनले भने, ‘भेटेसम्म हामीले चिट काटेर अन द स्पट कारबाही गरिरहेका छौं ।’

 

जनआस्थाबाट साभार