हरेक मानिसभित्र राम्रोपना पनि छ र नराम्रोपना पनि । तपाईंभित्र अँध्यारो पनि छ अनि उज्यालो पनि । यदि तपाईंले चाहनुभयो भने त्यो उज्यालोलाई, त्यो दियोलाई बालेर आफ्नो जीवनमा एउटा नयाँ प्रकाश ल्याउन सक्नुहुन्छ । हामी जीवनमा सुख, शान्ति र आनन्द चाहन्छौँ तर काम, क्रोध र मोह–मायामा अल्झिएर हामी त्यो आनन्दलाई भुल्न पुग्छौँ ।
तर, यदि तपाईंको जीवनमा शान्ति छ भने तिनीहरू आफैँ हटेर जान्छन् । जसरी प्रकाशको आगमनसँगै अँध्यारो आफैँ हट्छ, त्यसै गरी जीवनमा शान्तिको आगमनसँगै काम, क्रोध, मोह र लोभ पनि आफैँ जान्छन् । तर, शान्तिको अनुभव नभएपछि ती फर्केर फेरि आइहाल्छन् ।
यदि तपाईं आफ्ना लागि जिउन सिक्न चाहनुहुन्छ भने पहिला आपूmले आपैmँलाई चिन्नुपर्नेछ । अनि, हृदयमा जुन शान्ति प्राप्त गर्ने जिज्ञासा छ, त्यसलाई महसुस गर्नुपर्नेछ । आफ्ना लागि पनि जिउन सिक्नुहोस् भन्नुको अर्थ– ‘तपाईं असल कर्म नगर्नुहोस्, तिर्खालुलाई पानी नखुवाउनुहोस्’ भन्ने पनि होइन । बरु तपाईं आफूले पनि पानी पिउनुहोस् । जसरी तपाईं मानिसहरूलाई हेरचाह गरेर तिनको मुहारमा खुशी देख्न चाहनुहुन्छ, त्यसै गरी आफूलाई पनि ध्यान दिनुहोस् अनि आफ्नो हृदयलाई पनि खुशी राख्नुहोस् । फलतः यो कर्मलाई अभै राम्रोसँग सम्पन्न गर्न सकियोस् । सृष्टिकर्ताले प्रत्येक श्वासमा जुन अथाह आनन्दको सम्भावना प्रदान गरेका छन्, त्यसको पूर्णरूपले आनन्द लिन सकियोस् । यो क्षमता तपाईंसँगै छ अनि यो तपाईंको वास्तविक क्षमता हो ।
तपाईंसँग एउटा अर्को क्षमता पनि छ– त्यो हो ‘आपूलाई चिन्न सक्ने । किनभने, स्वयंलाई नचिनेसम्म तपाईं अपरिचित नै रहनुहुनेछ । तपाईं आफूलाई चिन्न र बुझ्न सक्नुहुन्छ किनकि यो एकदमै आधारभूत कुरा हो । यो त आपैसँग बिताउने समय हो अनि ‘म के हुँ’ भन्ने कुरालाई बुझ्ने समय पनि हो । त्यसपछि तपाईंको जीवनमा भएका सबै लक्ष्यलाई पूरा गर्नुहोस् । यसका साथै ‘मेरो जीवन सफल हुनुपर्छ’ भन्ने लक्ष्य लिएर त्यसलाई पनि पूरा गर्नुहोस् ।
यो सफलताका बारेमा तपाईंलाई अरू कसैले बताउनेछैन । किनभने, यस कुरालाई तपाईं ले महसुस गर्नुहुनेछ । तपाईंलाई आफ्नो हृदयमा शान्तिको अनुभव भएको दिन तपाईंले ‘आफ्ना लागि बाँच्नु भनेको के हो’ भन्ने कुरालाई बुझ्नुहुनेछ ।
एउटा कथा छ । एकदिन एउटा सिंह आफ्नो गुफाबाट बाहिर निस्कियो ।
त्यो सानो हरिणले भयभित हुँदै भन्यो– ‘तपाईं नै सबैभन्दा बलवान् हुनुहुन्छ । तपाईं नै यो जङ्गलको राजा हुनुहुन्छ ।’ सिंह निकै खुशी भयो । उसले त्यो हरिणलाई छोडिदियो । बाटामा उसले एउटा ब्वाँसोलाई भेट्यो । उसले त्यो ब्वाँसोसँग सोध्यो– ‘यो जङ्गलमा सबैभन्दा बलवान् को छ ? यो जङ्गलको राजा को हो ?’
बिचरा त्यो ब्वाँसो डराइरहेको थियो । उसले भन्यो, ‘तपाईं नै सबैभन्दा शक्तिशाली हुनुहुन्छ । तपाईं नै यो जङ्गलको राजा हुनुहुन्छ ।’ सिंह मनमनै एकदमै खुशी भयो । अगाडि जाँदै गर्दा बाटामा उसले एउटा खरायोलाई भेट्यो । खरायोसँग पनि उसले त्यही कुरा सोध्यो । खरायोले डराउँदै भन्यो, ‘तपाईं नै सबैभन्दा बलवान् हुनुहुन्छ । तपाईं नै यो जङ्गलको राजा हुनुहुन्छ ।’ आफ्नो प्रशंसा सुनेर सिंह निकै प्रसन्न भयो । उसमा अझ केही थप स्फूर्ति बढ्यो । अब त ऊ अभैm दम्भका साथ अघि बढ्यो । जाँदा–जाँदा एउटा हात्ती फेला प-यो । उसले हात्तीका अघि गर्जना गर्दै सोध्यो, ‘ए हात्ती भन, यो जङ्गलको राजा को हो ? यो जङ्गलमा सबैभन्दा बलियो को छ ?’
हात्तीले अचम्म मान्दै सिंहलाई हे-यो, यो सानो सिंह मलाई यस्तो प्रश्न सोधिरहेको छ – उसले सिंहलाई आफ्नो सुँडले बेरेर जोडले पछार्न थाल्यो । निकै पटक पछारेपछि उसको अवस्था अत्यन्तै नाजुक भयो । उसले केही समयपश्चात् त्यसलाई छोडिदियो । बिचरो सिंह एकदमै विक्षिप्त अवस्थामा पुग्यो । ऊ बिस्तारै उठ्दै हात्तीतिर फर्केर भन्यो, ‘यदि तिमीलाई मेरो प्रश्नको उत्तर थाहा थिएन भने तिमी रिसाउनुपर्ने आवश्यकता नै के थियो र ?’
त्यसपछि पनि ऊ अभै यही नै सोच्दै थियो– ‘मलाई नै सबै कुरा थाहा छ तर हात्तीलाई मेरो प्रश्नको उत्तर थाहा छैन । त्यसकारण ऊ रिसाइरहेको छ ।’ यसरी घमण्डका कारण सिंहले त्यो वास्तविकतालाई स्वीकार गर्न सकेन जुन ऊसँग भइरहेको थियो । हात्तीले उसलाई किन यस्तो ग-यो भनेर उसले बुझ्नै सकेन ।
हाम्रो जीवनमा यही कुरा– माया, मोह, काम, क्रोध, शत्रु बनेर आउँछन् । जसका कारणले हाम्रो जीवन पनि दुःखमय भएर आउँछ । तर यी कुराभन्दा माथि एउटा चिज छ, जुन तपाईंभित्र छ । त्यसलाई तपाईं चिन्न सक्नुहुन्छ, जुन एकदमै राम्रो छ । चाहे बाहिर जस्तोसुकै परिस्थिति होओस्, दुःख दिने कुरा नै किन नहोओस् तर तपाईंभित्र एउटा चिज छ, जुन सुख दिने खालको छ । त्यसलाई सुन्दरता मन पर्छ । त्यो सौन्दर्यलाई अनुभूत गरेपछि मानिस खुशी हुन्छ । अनि त्यो खुशी दिमागी खुशी होइन, त्यो खुशी हृदयको खुशी हो । त्यो तपाईंभित्रै छ । त्यो सबै मानिसभित्र छ । केवल त्यसलाई चिन्नु र पहिचान गर्नु आवश्यक छ । तपाईंले त्यसलाई चिनेपछि, पहिचान गरेपछि तपाईंको जीवनमा पृथक् किसिमको रौनकता छाउनेछ ।
उसले जब ती सारा तस्वीरहरूतिर हेर्छ तब उसलाई आफ्ना सपनाको याद आउन थाल्छ । त्यसपछि उसले सृष्टिकर्तासँग आफ्ना ती सपनाहरू साकार होऊन्, यथार्थमा परिणत होऊन् भनेर प्रार्थना गर्छ । मैले सबै चिजलाई त्याग्नुपर्छ भनिरहेको छैन । त्याग्ने कुरा होइन ।
जुन चिजको आवश्यकता पर्छ, त्यस चिजको आवश्यकता पर्छ नै । जुन चिजको इच्छा हुन्छ, त्यस चिजको इच्छा त हुन्छ नै । प्रश्न के उठ्छ भने, के तिनको परिपूर्ति भएमा मन खुशी हुन सक्छ ? किनभने, त्यसैलाई खुशी पार्नका लागि सारा दुनियाँ लागेका छन् । यथार्थ कुरा त के हो भने, मनलाई खुशी पार्न सकिँदैन । मनले भन्छ– ‘पिज्जा खान जाऊ तब तिमी खुशी हुनेछौ ।’ मानिसले पिज्जा खान्छ । अब पिज्जामा राखिने चिजहरू शरीरका लागि उस्तो स्वस्थ्यवद्र्धक चिज पनि हुँदैन । त्यसपछि पेटमा केही गडबडी हुन थाल्छ अनि चिन्ता बढ्न थाल्छ । त्यसपछि मानिसले भन्छ– अबदेखि म यो चिज खान्न ।
यो कुरा त कस्तो भयो भने, कसैले उखु रोप्यो तर त्यो खानलायक भएपछि उखुको भाउ घट्न पुग्छ । त्यसपश्चात् राम्रो दाम पाउन सकिँदैन । उसले के सोच्ला त रु गहुँको दाम राम्रो थियो, यदि गहुँ छरेको भए त आज बजारबाट राम्रो पैसा लिन सकिनेथ्यो । यदि अर्कोपटक गहुँ छ-यो तर गहुँ छरेपछि प्याजको दाम अकाशिन्छ ।
तर राम्रो चिज के हो रु वास्तविक सुख के हो रु वास्तविक शान्ति के हो रु तपाईंले आफ्नो जीवनमा अरू चिज प्राप्त गर्नुपर्दैन भनिरहेको छैन म । तपाईंले जे गर्नुपर्छ, त्यो गर्नुहोस् । जुन कुरा प्राप्त गर्नुपर्ने हो, त्यो प्राप्त गर्नुहोस् । यद्यपि त्यो काम पनि गर्नुहोस्, जसबाट तपाईंको हृदयमा शान्ति होओस्, जसबाट तपाईंको हृदयमा खुशी प्राप्त होओस् । यो कुरा एकदमै आवश्यक हुन्छ ।मानिसको प्रकृति के छ भने, ऊ खुशी हुन चाहन्छ, सन्तुष्ट हुन चाहन्छ, शान्तिपूर्ण वातावरणमा रहन चाहन्छ । यो उसभित्रको तिर्खा हो अनि त्यो तिर्खा नमेटिउन्जेलसम्म ऊ प्यासी नै रहिरहन्छ ।
किनभने मानिसको सोचाइ हुन्छ– यसबाट म खुशी हुन सक्छु, त्यसबाट म खुशी हुन सक्छु । मानिसले एक–अर्कालाई जालझेल गरिरहेको हुन्छ । यद्यपि तपाईं जीवित रहेसम्म तपाईंमा भ्रमबाट बच्ने क्षमता छ । ‘अब के गरूँ ?’ यो प्रश्न सोध्नुभन्दा पहिला के कुरा सोध्नुपर्छ भने, के म पहिला पनि भ्रममा थिएँ रु के कारणले म भ्रममा भएँ रु जहाँ म भ्रमित भएँ, त्यस चौबाटोमा को थियो ? जसले मलाई निर्देश ग¥यो– ‘यतातिर जाऊ १’ सीधा बाटो छोडेर ‘यतातिर जाऊ ।’ वास्तवमा हृदयको पुकारलाई छोडेर ऊ कहिले यतातिर दगुर्छ, कहिले उतातिर दगुर्छ ।
सचेत भएर एक–एक दिन, एक–एक पलमा मानिसले जिउन जान्नुपर्छ । किनभने त्यो समय व्यर्थ नजाओस् । वर्षको कुरा मात्रै नभएर पूरा जीवन नै सफल होओस् । उसको जीवनमा सुख, शान्ति, समृद्धि अनि आनन्द नै आनन्द होओस् । यो केवल एक वर्षको कुरा मात्रै नभएर पूरै जीवनसँग जोडिएको कुरा हो । सबैको जीवनमा आनन्द नै आनन्द हुनुपर्छ । बाहिर एकदमै धेरै खराब परिस्थिति भइरहेका बेलामा पनि मैले के देखेको छु भने, त्यस्ता पनि मानिसहरू थिए जसले आफ्नो जीवनमा आनन्द लिइरहेका थिए । किनभने, त्यो सम्भावना कहिल्यै पनि जाँदैन । बीउ कहिल्यै विनाश हुँदैन ।
आफ्नो जीवनमा आनन्द हुनेछ या हुँदैन भनेर यसको पूर्णताको शतप्रतिशत सम्भावना तपाईंभित्रै छ । यसको विपरीत पूरा हुन नसक्ने शतप्रतिशत सम्भावना पनि तपाईंभित्रै छ । अर्थात् यदि तपाईंले आँखा बन्द गर्नुभयो भने त यी आँखाले सूर्य चम्किलो बनेर आए पनि त्यसलाई देख्न सक्नुहुन्न । यदि तपाईंले आफ्नो जीवनमा सुख होओस्, शान्ति होओस् भन्ने इच्छा राख्नुभयो भने सृष्टिकर्ताले यसको सम्भावनालाई तपाईंभित्रै पूर्णरूपमा राखिदिएका छन् । चाहे जो भए पनि यसबाट आनन्द लिनुहोस्, आफ्नो जीवनलाई पूरा गर्नुहोस् ।
मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन ।
थप जानकारीका लागि https://www.premrawat.com/