मेरो पनि पूजा हुनुपर्छ

शिव साक्षात् परब्रह्म हुनुहुन्छ । उहाँलाई जसले जसरी परिकल्पना गर्छ त्यसरी नै प्राप्त गर्छ । कोही भन्छन्, ‘शिव स्वयं म नै हुँ ।’ कोही भन्छन्, ‘म शिवको प्रतिनिधि हुँ ।’ यथार्थ के हो त रु यथार्थ सत्य, घुम्टोभित्र लुकेको छ ।

प्रसंग लेखकको परिचय– म एउटा सामान्य मानवस्वरुप हुँ । नर र नारीको संसर्गबाट भौतिक शरीर प्राप्त गरी परमात्माको एक अंशको स्वरुपमा आत्मालाई धारण गरेर कर्म गरिरहेको छु । म कुनै ठूलो पत्रकार, नेता, समाजसेवी, विद्वान्, सन्त, महन्त, तपस्या गरेको योगी, योग–साधना जानेको गुरु, सद्गुरु भनी परिचित छैन ।

शरीरको अस्तित्व खोज्न भौंतारिँदै गर्दा भेटिएका सम्बन्ध र तिनीहरुसँग जोडिएका नाताले अल्झिएर अल्मलिएको प्राणी हुँ । जब म हँसिलो हुन्छु, उज्यालो लुगा लगाउँछु, मसँग केही छ भन्ने लाग्छ, त्यति बेला म सबैको नजिकको आफ्नो हुन्छु ।

तर जब मसँग केही छैन भन्छु अनि सबै पराई । मैले भगवान् ठानेका पनि एकैछिन्मा पराई भए । यथार्थ सत्य के रहेछ त रु मैले यथार्थ सत्य खोज्दै भौंतारिँदै रहँदा ‘झन् बुझ्यो झन् कठिन, झन्–झन् बुझ्यो झन्–झन् कठिन । त्यसैले यथार्थ सत्य भनेको ‘जे आउँछ त्यसैलाई रमाएर, भोग गरेर अगाडि बढ । अनि शिवत्वको नजिक पुग्नेछौ ।

तत्पश्चात् बोध हुन्छ कि मखुण्डोभित्रको यथार्थ सत्य के रहेछ रु सबै पहेँला रंगका धातु जति सुन भए, धनैधन हुने रहेछ । तर सबै पहेँला रंगका धातु जति सुनको गुण भएका भए, सुन, पीतल, काँस भनेर छुट्याउनै पर्ने थिएन ।

फरक प्रकृति भएकाले नाम पनि फरक राखिएको हो । केही गुणलाई समानताले हेर्न सकिएला तर फरक अस्तित्व भएकालाई एउटै भन्न मिल्दैन । लेखको प्रसंग मोडिँदा आश्चर्य लाग्न सक्छ ।

फरक प्रकृति र गुण भएका एकै प्रकारका खाद्यान्न मिसाएर बनाएको भोजन स्वादिष्ट हुनुको साथै उपयोगी र स्वास्थ्यवद्र्धक पनि हुन्छ । पाठक तथा विश्लेषकहरुको जिज्ञासा मेटाएर विषय प्रवेश गर्दा कौतुहलता मेटिएर ज्ञानको ज्योति प्रकाशमय हुनेछ । विश्वस्त भई यथार्थको रसपानका नीम्ति प्रसंगलाई प्रस्तुत गर्ने जमर्को गरेँ ।

शिव र ‘ॐ’ का कुरा गर्दा अ उ र म् मिलेर ॐ बनेको छ । ॐकार गर्दा शिवत्व प्राप्त हुन्छ भनिन्छ, कसरी रु परीक्षणका निम्ति सत्यलाई स्वीकार गरेर एकपटक आफैँले नित्य अभ्यास गरेर हेरौं ।

तत्पश्चात् ॐकार प्राणायामबाट आफूमा हुने तरंग वा प्राप्त ऊर्जाको महसुसबाट शिवत्व प्राप्त हुन्छ कि हुँदैन, तत्पश्चात् ढुक्कसँग विश्वस्त भएर हजुर आफैंले भन्नुस् त शिव को हुनुहुन्छ रु तपाईं आफैंले गरेको परीक्षणबाट प्राप्त परिणामलाई विश्वास गर्ने कि नगर्ने भन्ने निर्णय पनि तपाईं स्वयंकै हुनेछ । त्यसपछि मैले लेखिरहन, बोलिरहन पर्दैन होला ।

जसले शिवत्व प्राप्त गर्नुभयो उहाँ शिव हुनुभयो कि के हो ? यस विषयमा मेरो बुझाइ शिवजीको परिकल्पना गरियो । जसले पूर्वजन्म, वर्तमान र पुनर्जन्ममा विश्वास गर्नुहुन्छ, उहाँहरुलाई पूर्वयुगमा सत्कर्म गर्ने सबैका आ–आफ्नै मानवस्वरुप थिए र तिनीहरु सबैले मानेका प्रमुखलाई सबै देवीदेवताहरु सबै सत्यले मानेर पुज्ने भनी मानसम्मान गरेर प्रमुख स्थान दिइएको स्वरुपलाई आज हामीले शिवजीको मानवस्वरुप भनी परिकल्पना गरी पुजेका छौं ।

यसरी बुझ्दा युगचक्र वा कालखण्डलाई अध्ययन गर्दै जाँदा सत्य सबै शिवस्वरुप भए । आफ्नो खुशीका लागि आफूले गरेका कर्मले अरुको हानि नोक्सानी नै भए पनि आफ्नो राम्रो होस् ।

अरुको जेसुकै होस् भन्ने धारणाका सबै मानवस्वरुप असुर भनेर परिचित भए ।अब महत्वपूर्ण विषय शक्ति कोही होइनन् त, अर्थात् नारी शक्तिको कुनै स्थान छैन त रु प्रसंगले प्रश्न निम्त्याउनु अति आवश्यक छ । शक्ति पनि सत्य भएकाले प्रमुख हुनुहुन्छ । तर अघि भनेझैँ सबै सत्यले पुजेका, मानेका नरस्वरुप प्रमुख भए तर नारीस्वरुपको पूजा भएन, कि हुनुहुँदैन, के हो त रु जायज प्रश्न ।

प्राणीको जन्म नर र नारी एक भएर मात्र हुन्छ । यहाँ मनुष्य मात्र हैन सबै प्राणीको जन्मका विषयमा उल्लेख गरिएको हो । त्यति बेला शिव र शक्तिको मिलनबाट सत्यको एक अंश गर्भमा रहँदा भौतिक शरीरको निर्माण हुने प्रक्रिया शुभारम्भ हुन्छ ।

जसलाई हामीले भ्रूण भन्ने गरेका छौं । त्यही गर्भमा निर्मित भौतिक शरीरमा चिकित्साशास्त्रका अनुसार पनि निश्चित समयपश्चात् मात्र प्राण आउँछ । डाक्टरले गर्भको चेकजाँच गरी बच्चाको धड्कन आयो वा आएन, ठीक वा बेठीक के छ भनी पत्ता लगाई बताउने गर्दछन् । निश्चित समयपश्चात् आवश्यक प्रक्रिया पूरा गरी सन्तान जन्मिन्छ ।

यसरी जन्मेको सन्तान, बालक वा बालिका जो पनि हुन सक्छ । अब माथि गरिएको जिज्ञासाको समाधानमा स्त्री वा नारीको स्वरुपको पूजा हुनुपर्छ । नर र नारीमा स्वरुप फरक भए पनि अन्तरनिहित सत्य एक छ । तर पूजनीय नारीस्वरुप परम सत्य हुन जरुरी छ । उहाँभित्र निवास परम सत्यको पूजन गर्ने हो ।

स्वरुप नर होस् वा नारी, जे पनि हुन सक्छ । कुनै मन्दिरको बनावट कुनै कस्तो हुन्छ त कुनै कस्तो, तर मन्दिरभित्र निवास गर्ने परमात्मा ‘परम सत्य’ एक हुनुहुन्छ ।

त्यसैले नर र नारी अर्थात् शिव र शक्ति जुनसुकै स्वरुप भए पनि परमात्माको निवास भएको भौतिक शरीर मन–मन्दिर हो ।

त्यहाँ परम सत्य विराजमान हुन्छ । त्यसैले निर्धक्कसँग पूजन गर्न मिल्छ तथापि सांसारिक मोह, माया, बन्धनमुक्त भएर परमात्मामा एकचित्त लगाई उहाँलाई धारणा गरी लोभ, मोह, क्रोध, कामवासना वा सांसारिक बन्धन त्याग गरेको त्यागी पावन आत्मामा निवास परम सत्यको पूजन गर्न हुन्छ ।तथापि अहिले केही समय त्यागी हुँ भन्ने तर सुखसयल, कामवासनाको मोहमा परी मेरो श्रीमान्, मेरो श्रीमती, छोरा, छोरी भनी तेरो र मेरोको भावमा परेको भोगी हुन खोज्नेलाई परब्रह्म परमात्माको स्थान दिई कुनै पनि स्वरुपको पूजा गर्नुले गलत संस्कार र गलत नीति, आचरणको सिर्जना भई अति घोर कलियुगको शुरुवात भएको पाइन्छ ।

अहिले त्यही प्रभाव देखिएकाले अब चरम असत्य अर्थात् पिताले पुत्रीमा कामुक भई सांसारिक नैतिक नीति विपरीत भोग गरी गर्भधारण भएका घटना छन् । संरक्षक हुँ भन्नेहरुले कामुक दृष्टिले अबोध स्त्रीलाई नियाल्ने प्रवृत्ति, त्यागी हुँ भन्नेले भोगी हुने र विभिन्न प्रलोभनमा परेर अन्याय गर्ने, रिस–ईष्र्या र अपमानजनक व्यवहारले आफ्नो जीत हासिल गर्न खोज्ने, लुटपाटलगायतका कर्मले घोर कलियुग आइसकेको पुष्टि गर्छ ।

अब अन्त्यका निम्ति परम सत्यले सद्बुद्धि दिँदै हुनुहुन्छ । तर कुनै कार्य गलत भएको छ र त्यसो गर्नु गलत हुन्छ भनी सत्यमार्गको निर्देश ग¥यो भने तँ धेरै जान्ने भइस्, तँ को होस् भन् त रु म तँभन्दा ठूलो हुँ भन्ने अहं भावले अपमान र असुरभावको प्रभावले गर्दा सद्बुद्धि दिनेलाई अस्वीकार गरिएको छ भने विनाश निश्चित छ । त्यसैले समयमा नै सबैले सचेत हुन आवश्यक छ ।
पूजन तेरो कि मेरो होइन, पूजन परम सत्यको हो । सत्यको आचरणमा रही परम सत्यलाई जसले प्राप्त गर्छ त्यही स्वरुपको पूजन हुन्छ । मेरो श्रीमान् परम सत्य हुनुहुन्छ । म पनि परम सत्य भएँ, मेरो पनि पूजा हुनुपर्छ भन्ने गलत विचार राखी अरुको तप, तपस्यामा खलल पु¥याउने, रिस–ईष्र्या गर्ने, आफूलाई दिइएको जिम्मेवारी गर्न नसक्ने र अरुले गरेपछि त्यो स्थान त मेरो हो नि भनी विवाद गर्नेले परम सत्य त कोसौं टाढाको विषय भयो, सत्यको स्थान पनि प्राप्त गर्न सक्दैन ।

पूर्वजन्मको गल्ती सुध्याउन भनी यस जन्म पाउने र यस जन्ममा पनि पूर्वजन्मकै भूल दोहो¥याउनेलाई स्वयं परमात्माले न्याय गर्नुहुन्छ । हामी कोही होइनौं दण्ड–सजाय दिने । परब्रह्म परमेश्वरको प्राप्तिलाई ख्याल–ख्याल सम्झने भूल कसैले पनि नगर्दा उचित हुन्छ । पहिला आफूभित्रको शुद्धीकरणमा लागौं । त्यसका लागि कहीँ–कतै जानुपर्दैन । मनले मनलाई सोधौं र मनले दिएको सफाइमा के निर्णय आयो, सोही निर्णयलाई मनन गरौं ।

पुरुषस्वरुप बालक र महिलास्वरुप बालिकाको जन्म भयो भने शिव वा शक्तिस्वरुप अर्थात् परम सत्यको एउटा अंश सत्य भएर धर्तीमा जन्मिएको मानिन्छ । पूर्वयुगमा गर्न बाँकी कर्म गरेर परम सत्यको प्राप्ति गर्दछ । अन्त्यमा, यस युगमा कर्म गरेर पुनः परम सत्यमै विलिन भई आफ्नो स्थान प्राप्ति गर्नु नै मोक्ष प्राप्ति हो ।

त्यसैका लागि हामीले कर्म गरेका छौं । परम सत्य सदा निराकार, निरञ्जन, अविनाशी, अनन्त छ । त्यसैले शिवत्व धारण गरेर परम सत्यमै विलिन हुनका लागि एकचित्त भई ध्यान, जप, आराधना र साधना गर्न आवश्यक छ । आफैंभित्रको परमात्माको दरबारमा आफूले गरेकोे कर्मको खाता खोलेर लोभ, मोह, क्रोध, कामवासना र सांसारिक गृहस्थबाट बन्धनमुक्त हुनका निम्ति शिवशक्ति साधना गर्न जरुरी छ । ‘सत्यम् शिवम् सुन्दरम्’ को भावले नै परम सत्यको ज्ञात गराउँछ ।

 

 

नेपाल समाचारपत्रबाट साभार