दोस्रो वार्म अप खेलमा पनि नेपालको जित

  • Clock icon
    २०८२ आश्विन २१, मंगलवार

काठमाडौं । नेपाली क्रिकेट टोलीले आईसीसी टी(२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको दोस्रो वार्म अप खेलमा पनि जित हासिल गरेको छ ।

सोमबार बेलुका सम्पन्न खेलमा नेपालले कतारलाई १६ रनले हराएको हो । नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको कतारले २० ओभरमा ६ विकेट गुमाएर १५४ रन मात्र बनाउन सक्यो ।

  • Clock icon
    २०८२ आश्विन २१, मंगलवार