मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी

इन्दू बर्माले रचिन् टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा इतिहास

  • Clock icon
    २०८२ आश्विन २१, मंगलवार

काठमाडौं । नेपाली महिला क्रिकेट टीमले मलेसियाविरुद्धको टी–२० सिरिजको चौथो खेलमा जित हासिल गरेको छ ।

मंगलबार सम्पन्न खेल नेपालले मलेसियालाई ६ विकेटले जितेको हो । मलेसियाले दिएको ११२ रनको लक्ष्य पछाएको नेपालले १७।३ ओभरमा ४ विकेट गुमाउदै ११५ रन बनाएको थियो ।
नेपालका लागि कप्तान इन्दु बर्माले सर्बाधिक ४८ रन बनाएकी थिइन् भने रुबिना छेत्रीले २३ र कविता कुँवरले १६ रन बनाएकी थिइन् । यसअघि पहिला ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ५ विकेट गुमाउदै १११ रन बनाएको थियो ।

यो जितपछि नेपालले जारी सिरिजमा कमब्याक गर्दै २–२ को बराबरी गरेको छ । अब सिरिजको अन्तिम तथा निर्णायक खेल बुधबार हुने तालिका रहेको छ । पहिलो खेलमा तीन रनले पराजित भएको नेपाली महिला टिम दोस्रो खेलमा ६ विकेटले विजयी भएको थियो भने तेस्रो खेलमा १३ रनले पराजय भएको थियो ।

पाँच खेलको सिरिजमा नेपालले दुई खेल गुमाइसकेको हुनाले मलेसिया २–१ ले अगाडि थियो ।

 

इन्दू बर्माले रचिन् टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा इतिहास

नेपाली महिला क्रिकेट टिमकी कप्तान इन्दु बर्माले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १००० रन पूरा गरेकी छन् ।

मंगलबार मलेसियासँगको जितमा ४८ रनको अविजित इनिङ खेलेकी इन्दुको १००० रन पूरा भएको हो ।

उनी १००० रन पूरा गर्ने पहिलो नेपाली खेलाडी हुन् । इन्दुको ७७ खेलमा १०४३ रन छ ।

  • Clock icon
    २०८२ आश्विन २१, मंगलवार