नेपाल कस्मेटिक व्यवसायीक संघले मनायो १४औं स्थापना दिवस

नेपाल कस्मेटिक व्यवसायीक संघको १४औं स्थापना दिवसमा अध्यक्ष ऋषिकेश तिमिल्सिना सहितले शुभकामना आदानप्रदान गरे

काठमाडौं | नेपाल कस्मेटिक व्यवसायीक संघले आफ्नो १४औं स्थापना दिवस बसन्तपुरस्थित आफ्नै कार्यालयमा एक विशेष कार्यक्रमका साथ मनाएको छ। संघका अध्यक्ष ऋषिकेश तिमिल्सिनाको नेतृत्वमा आयोजित कार्यक्रममा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू उपस्थित भई शुभकामना आदानप्रदान गर्नुका साथै चियापान गरेका थिए।

कस्मेटिक व्यवसायको हकहित र प्रवर्द्धनका लागि २०६९ सालमा स्थापना भएको संघले आफ्नो तेह्र वर्षको यात्रामा प्राप्त उपलब्धिहरूको समीक्षा गर्दै आगामी कार्यदिशा र योजना सम्बन्धमा छलफल गरेको छ। अध्यक्ष तिमिल्सिनाले स्थापना दिवसको अवसरमा सम्पूर्ण कार्यसमिति सदस्य तथा व्यवसायीहरूलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा संघलाई अझ सशक्त र मर्यादित बनाउन सबैको साथ र सहयोग अपरिहार्य रहेकोमा जोड दिए। उनले सौन्दर्य व्यवसायलाई केवल मेकअप मात्र नभई मानव स्वास्थ्य र जीवनशैलीको अभिन्न अंगका रूपमा स्थापित गर्न संघ निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे।