ग्राहक विश्वासले १८औं वर्षमा मन्जुश्री फाईनान्स

१.५५ लाख ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा । २७ शाखा मार्फत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्ने प्रण ।

  • Clock icon
    २०८२ आश्विन २८, मंगलवार

काठमाडौं । मन्जुश्री फाईनान्स लिमिटेडले आफ्नो सहयात्राको गौरवमय अठारौं वर्ष सफलतापुर्वक पार गरेको छ । आफ्नो वार्षिकोत्सवको यो विशेष अवसरमा फाईनान्सले देश-विदेशमा रहनुभएका सम्पूर्ण ग्राहक महानुभावहरू, शुभेच्छुक, शेयरधनी, नियमनकारी निकाय तथा आफ्ना सम्पूर्ण कर्मचारीहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ ।

फाईनान्स कम्पनीको विश्वास छ कि ग्राहकहरूको अटुट साथ, माया र विश्वासले नै यो १८ वर्षे यात्रा सफल, सुदृढ र सार्थक बनेको हो । उनीहरूले यो सहयात्राको सम्बन्धलाई नै आफ्नो सबैभन्दा ठूलो पुँजीको रूपमा लिएको बताएका छन् ।

हालसम्म करिब रु. २३ अर्ब निक्षेप संकलन गरि करिब रु. १९.२ अर्ब कर्जा परिचालन गर्न सफल भएको मन्जुश्री फाईनान्सले निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ दरमा कर्जा प्रवाह गर्दै आइरहेको छ । कम्पनीले हालसम्म २७ वटा शाखा तथा एउटा विस्तारित काउन्टरमार्फत आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ । हालको मितिसम्म १ लाख ५५ हजार भन्दा बढी सन्तुष्ट ग्राहकहरूलाई सेवा पुर्याउँदै आइरहेको मन्जुश्री फाइनान्स, देशकै अग्रणी फाइनान्स कम्पनीको रूपमा स्थापित भएको छ ।

आउँदा दिनमा पनि ग्राहकहरूको यही विश्वासलाई कायम राख्न, सेवालाई निरन्तर रूपमा नविनतम बनाउन, र ग्राहकवर्गको वित्तीय आवश्यकताहरू साकार पार्न अझ बढी समर्पित रहने प्रण फाईनान्सले गरेको छ । कम्पनीले ग्राहकमुखी सेवालाई थप मजबुत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।

  • Clock icon
    २०८२ आश्विन २८, मंगलवार