(समिता लुईटेल)
पर्यटक लोभ्याउने देशकै पर्यटकीय क्षेत्र इलाम दशैंको अर्को दिनदेखि समस्यामा छ । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण यो उच्च पहाडी जिल्ला कडा चट्टान र बलौटे माटोको सम्मिश्रणबाट आकर्षित बन्दा बाढी, पहिरोले संक्रमणमा परेको हो ।
चारैतिरबाट सेता हिमालले घेरिएको इलाम सुन्दर चियाबगानले आकर्षित भएकाले घुम्न जान चाहना अधिकांशको छ । विदेशी र स्वदेशी व्यक्ति पर्यटकको रुपमा इलाम पुग्दा स्थानिय आर्थिकस्थिति बलियो हुने गर्छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार इलाममा यसपटक परेको ३०१.५ मिलिमिटर वर्षाले ४० वर्षयताकै रेकर्ड तोडेको थियो । भारी वर्षापछि बाढी–पहिरोमा परी ४२ जनाले ज्यान गुमाए ।
पछिल्लो समय देखिउको अकल्पनीय विपत्तिबाट हजारौँ घाइते भएका छन् भने घरबारविहीन कयौँले शरद ऋतुको चिसो रात कटाउन छानो र मानोका लागि सरकार र आफन्तको सहारा खोजिरहेका छन् । राहत लिएर जाने सडक सञ्जाल ठप्प हुँदा खाद्यान्न, औषधि, पानी लगायत अत्यावश्यक सामाग्रीको अभावले तकारो छाएको छ ।
त्यहाका जनप्रतिनिधि र सरकारका निकाय स्थानिय व्यक्ति उद्दारको लागि लागेका छन् ।
मेची राजमार्ग अन्तर्गतको राजदुवाली माईखोला सडकखण्ड करिब ४ किलोमिटर क्षतिग्रस्त छ ।
यो खण्डबाट २ घण्टामा झापाको बिर्तामोड पुगिन्छ तर समस्याले बाधा पुगेको छ ।
हाइड्रोपावर सबै बन्द भएकाले खोलामा पानीको वहाव घटेको छैन । फिकलको अवस्था पनि समस्यामा छ ।
इलामको विपत्ति के कसरी निम्तियो ? त्यहीँ पुगेर प्राविधिक परीक्षण नगरी केही भन्न सक्ने अवस्था हुँदैन । त्यसैले सरकारले संकटग्रस्थ घोषणा गर्नुसँगै उद्दार र पूर्ननिर्माणमा सक्रिय हुनुपर्छ ।
होइन भने दशैंको अर्कोदिन झापाबाट इलाम दिदीका स -परिवार पुगेको मैले बाटोकै लागि ७ दिन कुर्नपरेको पीडा छ ।
इलाम नपुगेका मेरा पतिलाई उक्साएर दशैंको निहुँ पारे । तर त्यो पिडामा रहनुपर्दा ज्यान इलाम मन कार्य क्षेत्र काठमाडौं राख्दै समस्या नखुलाएपनि प्रष्ट देखिन्थ्यो । अर्को पटक कहिले जाने इलाम भन्दा तर्सिने हुन कि भन्ने चिन्ता पनि मलाई छ ।

यस्तो समस्या मेरो परिवारलाई मात्र नभएर अधिकांश व्यक्तिलाई नभएको होइन ।
बाटो माइखोलामा पुग्ने बिग्रिएपनि सेना लगायत अन्य व्यक्तिको सहयोगमा अफ्टारोबाटो पार गर्दै पुलसम्म पुगियो । यो पिडा शब्दमा प्रयोग गर्न सकिदैन ।
इलामबाट फर्किपछि तयार पारेको नोट