“रोटरी क्लब अफ कपन” १० वर्षमा प्रवेश

काठमाडौँ | रोटरी क्लब अफ कपनले आफ्नो चार्टर डे तथा स्थापना दिवस आज स्वयम्भूस्थित क्वालिटी दरबार ब्याङ्क्वेटमा भव्य रूपमा सम्पन्न गरेको छ।
कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष प्रलाद दाहालले गर्नुभयो भने, प्रमुख अतिथि डिष्टृकका निवर्तमान गभर्नर (IDGP) राजेन्द्र मान शेरचन रहनु भएको थियो। विशेष अतिथि डिष्टृकका आगामी वर्ष २६र२७ का गभर्नर
बिष्णु बहादुर कार्की, अतिथिमा डिष्टृकका सचीव, एजी, क्लबका सल्लाहकार मनोज कँडेल, क्लबका निवर्तमान एवं पुर्व अध्यक्षहरु हुनुहुन्थ्यो। कार्यक्रममा क्लबका विभिन्न पदाधिकारी, सदस्यहरू, स्थानीय समुदायका प्रतिनिधि र अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

क्लब ९ औं वर्ष पूरा गरि १० वर्ष प्रवेश गरेकोमा सबै बक्ताहरुले शुभकामना दिंदै खुशी व्यक्त गरेका थिए । कार्यक्रममा प्रमुख अतिथिद्वारा केक काटी उद्घाटन गरिएको थियो ।

कार्यक्रममा उपस्थित अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा स्वागत मन्तव्य क्लबका निवर्तमान अध्यक्ष नियुक्ति शेर्पाले राख्नु भएको थियो। उहाँले क्लबको स्थापना देखि हालसम्मका उपलब्धिहरू स्मरण गर्दै सदस्यहरू बीचको एकता र समर्पणकै कारण क्लब आज यो स्थानमा पुगेको बताउनुभयो।

चार्टर डेको अवरमा चार्टर मेम्बर एवं पास्ट प्रेसिडेन्ट शिवहरी खनालले क्लबको प्रारम्भिक यात्रा, सामाजिक सेवामा सामना गर्नुपरेका चुनौतीहरू र आगामी योजनाहरूका बारेमा अनुभव बताउनु भयो। उहाँले नयाँ पुस्तालाई सेवा कार्यमा सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभयो। त्यस्तै क्लब एडभाइजर मनोज कँडेलले रोटरीको मूल उद्देश्य सेवा, मित्रता र मानवता भएको बताउँदै क्लबले सामाजिक उत्तरदायित्व पूरा गर्ने कार्यमा निरन्तर सक्रिय रहनुपर्नेमा जोड दिनुभयो। विशेष अतिथि बिश्णु बहादुर कार्कीले क्लबको सेवा भावना र टीम वर्कको प्रशंसा गर्दै समाजमा सकारात्मक प्रभाव पार्ने परियोजनाहरू निरन्तर अघि बढाउन शुभकामना दिनुभयो।
प्रमुख अतिथि राजेन्द्रमान शेरचनले आफ्नो मन्तव्यको क्रममा रोटरीको विश्वव्यापी उद्देश्य र नेपालका क्लबहरूले पुर्‍याइरहेको योगदान बारे चर्चा गर्नुभयो। उहाँले भन्नू भयो “रोटरीको बलियो पक्ष नै सेवा हो । जहाँ स्वार्थभन्दा पर पुगेर समाजका लागि केही गर्ने प्रेरणा बस्छ। रोटरी क्लब अफ कपनले निरन्तर उदाहरणीय कार्य गर्दै आएको छ ।”

कार्यक्रमका सभापति एवं क्लबका प्रलाद दाहालले अन्त्यमा सबै अतिथि, सदस्य, सहयोगी र शुभेच्छुकहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै क्लबको आगामी योजना र प्रतिबद्धता साझा गर्नुभयो। उहाँले भन्नु भयो “हामी सामाजिक उत्तरदायित्वमा अझ प्रभावकारी योगदान पुर्‍याउन प्रतिबद्ध छौं। सेवा नै हाम्रो पहिचान हो।” कार्यक्रममा धन्यवाद मन्तव्य राख्दै कल्बकी पास्ट प्रेसिडेन्ट सुचिता काफ्लेले सबैको सहभागिता र सहयोगका लागि आभार व्यक्त गर्दै कार्यक्रम सफल रूपमा सम्पन्न भएको बताउनुभयो।सो अवसरमा रोट्र्याक कपनका प्रेसीडेन्ट बिभुसण गौतम सचिब आर्या भट्टराई , समीक्षा अधिकारी लगायत को उपस्थिती रहेको थियो। कार्यक्रमको सञ्चालन क्लबका सचिव दीपक चन्द्र गौतमले गर्नु भएको थियो।