काठमाडौं । राष्ट्र संरक्षण सञ्चार संस्थाले देशमा अहिले देखिएको अन्यौल र अनिश्चितताको निकासको लागि सनातनी युवा पुस्तासहितको सर्वपक्षीय र सर्वदलीय सरकार बनाउनुपर्ने माग गरेको छ । सञ्चार संस्थाका सम्पादक डा. केबी सम्राट र संयोजक युवराज आचार्यसहितको ‘राजनीतिक सनातन यात्रा’ ले मंगलबार पत्रकार सम्मेलन मार्फत सर्वपक्षीय सरकार निर्माण र नेपालको संविधान-२०७२ को संशोधन हुनुपर्ने जिकिर गरेको हो ।
पत्रकार सम्मेलनमा संयोजक युवराज आचार्यले २०७२ सालको संविधान विभिन्न अवान्छित तत्वहरुको संलग्नतामा जारी भएको गराइएका यो संविधान अनुसार नेपालमा राजनीतिक अस्थिरता आइरहने, संविधानको आडमा कुशासन, भ्रष्टाचार, दण्डहिनता, अन्याय र आपराधिक गतिविधिहरु दिनप्रतिदिन मौलाइरहेकोमा बताए । साथै संविधानको व्यवस्था अनुरुप कुनै एउटा राजनीतिक पार्टीले स्पष्ट रूपमा बहुमत प्राप्त गर्न नसक्ने स्पष्ट रहेको उनको तर्क थियो ।
अहिलेको संविधान पूर्ण रूपमा असफल भइसकेकोले दलहरुले निर्वाचनमा गठबन्धन गरी फेरी पनि लुटतन्त्र, भ्रष्टाचार, दलीय तानाशाही प्रवृत्तिको पुनरावृत्ति हुने भएकोले अहिले आन्दोलनबाट निर्माण भएको सुशीला कार्की नेतृत्वको सरकारले २०७२ सालको संविधान संशोधन नगरीकन फागुन २१ गते चुनावमा जान नहुने संयोजक आचार्यको भनाइ छ । यी मागहरु पूरा नभएमा अथवा सनातन राष्ट्र घोषणा नभएमा विरता र बलिदानीको राष्ट्रिय रङ्ग सिम्रीक भएझै विरगंना नारीको सिउँदोको मर्मरक्षाका लागि यो शक्तिपीठहरुले सम्पन्न राष्ट्रको तर्फबाट ‘सनातन सिंदुर अप्रेसन’ शुरू गरिने समेत चेनावनी दिए ।
