काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त तथा ‘बेस्ट म्यानेज्ड फाइनान्स कम्पनी २०२४’ बाट सम्मानित मञ्जुश्री फाइनान्स लिमिटेड ले आफ्ना ग्राहकहरूको सम्पत्ति सुरक्षित रूपमा वृद्धि गर्न ‘रेगुलर फिक्स्ड डिपोजिट’ योजना ल्याएको छ।
फाइनान्सले यस योजनामार्फत ग्राहकहरूलाई निश्चित अवधिका लागि निश्चित रकम बचत गर्ने र सो बचतमा उच्चतम प्रतिफल लिने अवसर प्रदान गरेको छ। दीर्घकालीन बचत र सम्पत्ति सुरक्षा गर्न चाहने ग्राहकहरूका लागि यो योजना निकै लाभदायक हुने फाइनान्सले जनाएको छ।
‘रेगुलर फिक्स्ड डिपोजिट’ का मुख्य विशेषताहरू
मञ्जुश्री फाइनान्सले आफ्नो यो योजनामा विभिन्न आकर्षक सुविधाहरू समावेश गरेको छ
उच्च ब्याजदर : ग्राहकहरूले आफ्नो बचतमा उच्चतम ब्याजदर को फाइदा लिन सक्नेछन्।
लचिलो रकम र अवधि : यो योजनामा ग्राहकले आफ्नो आवश्यकताअनुसार बचतको रकम र अवधि छनोट गर्न सक्ने लचिलो सुविधा रहेको छ।
फिक्स्ड डिपोजिटको ९० प्रतिशत सम्म कर्जा सुविधा : आकस्मिक वित्तीय आवश्यकता पूरा गर्नका लागि आफ्नो फिक्स्ड डिपोजिटको ९० प्रतिशतसम्म कर्जा लिने सुविधा समेत उपलब्ध छ।
फाइनान्सले विगतका वर्षहरूमा पनि उत्कृष्ट वित्तीय व्यवस्थापन र ग्राहकमुखी सेवाका लागि पुरस्कारहरू प्राप्त गर्दै आएको छ। यस ‘रेगुलर फिक्स्ड डिपोजिट’ योजनाबारे थप जानकारीका लागि मञ्जुश्री फाइनान्स लिमिटेडको नजिकको शाखा वा कम्पनीको आधिकारिक वेबसाइटमा सम्पर्क गर्न सकिनेछ।
 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                            
 
                             
                             
         
         
         
         
         
         
                             
                             
                            