नबिल बैंकले ल्यायो ‘नबिल स्मार्ट नारी घर कर्जा’

  • Clock icon
    २०८२ कार्तिक १३, बिहीबार

नेपालको बैंकिङ क्षेत्रमा अग्रणी भूमिका खेलिरहेको नबिल बैंक लिमिटेडले महिला सशक्तीकरण र आत्मनिर्भरतालाई टेवा दिने उद्देश्यका साथ ‘नबिल स्मार्ट नारी घर कर्जाु योजना औपचारिक रूपमा सार्वजनिक गरेको छ। यो योजना विशेषगरी महिलाहरूको स्वामित्वमा आवास सुनिश्चित गर्नका लागि ल्याईएको बैंकले जनाएको छ ।

मुख्य आकर्षण र विशेषताहरू

कर्जा भुक्तानीमा लचकतास् यस योजना अन्तर्गत कर्जाको किस्ता रकम ऋणी महिलाको आम्दानी अनुसारको रोजाइमा (EMI as per choice of income) निर्धारण गरिनेछ, जसले वित्तीय व्यवस्थापनमा सहजता प्रदान गर्नेछ।

अवधि र ब्याजदर : अधिकतम २५ (पच्चीस०) वर्ष सम्मको लामो अवधिसम्म कर्जा भुक्तानी गर्न सकिनेछ। ब्याजदर प्रतिस्पर्धी रहने बैंकले जनाएको छ।

सेवा शुल्कमा भारी कटौती : कर्जा प्रक्रिया शुल्क (Service Charge) अत्यन्त न्यून ०.५% (शून्य दशमलव पाँच प्रतिशत) मात्र तोकिएको छ।

नि:शुल्क क्रेडिट कार्ड : रु. २ लाखसम्मको लाइफटाइम नि:शुल्क क्रेडिट कार्ड उपलब्ध गराइनेछ।

छूट र सहुलियत : ग्राहकहरूले होटेल, हेल्थ केयर, रेस्टुरेन्ट लगायत विभिन्न सेवा क्षेत्रहरूमा आकर्षक छूट सुविधा प्राप्त गर्नेछन्।

नि:शुल्क पूर्व-भुक्तानी सुविधा : कर्जाको पूर्व-भुक्तानी गर्दा कुनै अतिरिक्त शुल्क लाग्नेछैन।

नबिल बैंकका अनुसार, ‘नबिल स्मार्ट नारी घर कर्जा’ ले महिलाहरूलाई घरजग्गाको स्वामित्व प्राप्त गर्न उत्प्रेरित गर्ने र समग्रमा देशको आर्थिक विकासमा महिला सहभागितालाई बढावा दिने विश्वास लिएको छ।

यस योजनाको विस्तृत जानकारीका लागि नबिल बैंकको कस्टमर केयर सेन्टरको सम्पर्क नम्बर ०१-५९७००१५ मा वा इमेल ठेगाना [email protected] मार्फत सम्पर्क गर्न सकिने बैंकले जानकारी गराएको छ।

  • Clock icon
    २०८२ कार्तिक १३, बिहीबार