एनपीएलको रौनक बढ्यो : क्यान र गोल्छा ग्रुप बीच साझेदारी

  • Clock icon
    २०८२ कार्तिक १३, बिहीबार

नेपालमा क्रिकेटको व्यावसायिक विकासमा अर्को महत्वपूर्ण कदम चालिएको छ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएल लाई थप भव्य बनाउन नेपाल क्रिकेट संघ (क्यान) र गोल्छा ग्रुप अन्तर्गतको पल्सर मोटरसाइकलबीच प्रायोजन सम्झौतामा हस्ताक्षर भएको छ।

बिहीबार राजधानीको नक्सालस्थित एक समारोहमा क्यानका सचिव पारस खड्का र गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छा ले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

यस सम्झौताअनुसार बजाजले लिगमा उत्कृष्ट प्रदर्शन गर्ने तीन खेलाडीलाई पल्सर मोटरसाइकल प्रदान गर्नेछ । जसमा इमर्जिङ प्लेयर १ सर्वाधिक विकेटकर्ता १ र सर्वाधिक रनकर्ता १ गरि ३ जनालाई १-१ थान मोटरसाईकल प्रदाग गरिने जनाइएको छ ।

यस सम्झौतामा आर्थिक पाटो भने दुवै पक्षको आपसी समझदारीमा गरिने बताईएको छ।

गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले खेलकुदसँग जोडिन पाउनुलाई सुन्दर अवसर भएको र एनपिएलमा यो हाम्रो पहिलो उपस्थिति रहेको छ र आगामी दिनमा यस्ता कार्य बढाउँदै लाने बताएका छन् ।

त्यसैगरी, क्यानका सचिव पारस खड्काले बजाज संगको यो सम्झौताले क्रिकेटको विकासमा ठूलो योगदान पुर्‍याउने र खेलाडीहरूलाई प्रोत्साहित गर्न महत्वपूर्ण भूमिका खेल्नेमा खुसी व्यक्त गरेका छन ।

लिगको पहिलो संस्करणमा उत्कृष्ट प्रदर्शन गरेबापत दीपेन्द्र सिंह ऐरीले कार र ललितनारायण राजवंशीले मोटरसाइकल प्राप्त गरेका थिए भने यस पटक त्यसै अनुरुपका पुरस्कारहरुको संख्या बढ्ने बताईएको छ ।

आठ टोलीको सहभागिता रहने यो प्रतिष्ठित टी-ट्वान्टी लिग दोस्रो संस्करण मंसिरमा आयोजना हुदैछ । एनपिएलको टाईटल स्पोन्सरमा सिद्धार्थ बैंक रहेको छ भने को स्पोन्सरमा एनसेल रहेको छ ।

  • Clock icon
    २०८२ कार्तिक १३, बिहीबार