स्थानीय प्रविधि प्रवद्र्धनमा केन्द्रित कात्तिक २१ गतेदेखि नास आईटी एक्सपो २०२५ हुँदै

  • Clock icon
    २०८२ कार्तिक १६, आईतवार

काठमाडौं । नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनिज (नास आईटी) ले स्थानीय उद्यमशीलता र डिजिटल रूपान्तरणलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यका साथ आउँदो कात्तिक २१ र २२ गतेनास आईटी एक्सपो २०२५ु आयोजना गर्ने भएको छ । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आयोजना हुने यो एक्सपो नेपालको प्रविधि जगतका लागि एक ऐतिहासिक माइलस्टोन बन्ने विश्वास लिइएको छ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा नास आईटीका अध्यक्ष गौरव पाण्डेले यो एक्सपो उद्यमशीलतालाई प्रवर्धन गर्नका लागि पहिलो पटक गर्न लागिएको जानकारी दिए। ूएक्सपोले नेपालको आईटी कम्पनी, नेतृत्व र लगानीकर्तालाई एउटै प्लेटफर्ममा ल्याएर सहकार्य अवसर र नवीनतम प्रविधिका सम्भावनाहरूमा केन्द्रित हुन सहयोग गर्नेछ उनले भने।

एक्सपोमा विभिन्न आईटी सफ्टवेयर, प्रडक्ट र सेवाहरू प्रदर्शनीमा रहनेछन् । नास आईटीका उपाध्यक्ष दिपेन चापागाईंले आईटी र व्यवसायिक समुदायबाट आएको सकारात्मक प्रतिक्रियाले आफूहरू निकै उत्साहित भएको बताउँदै सहकार्य, नवप्रवर्तन र विश्वासको बलमा नेपालको डिजिटल भविष्य निर्माण गर्ने एक्सपोको लक्ष्य रहेको उल्लेख गरे।

नास आईटीकी महासचिव एलिसा श्रेष्ठले एक्सपो केवल एक प्रदर्शनी नभएर नेपालका आईटी प्रतिभा र व्यवसायिक अवसरबीचको सेतु भएको स्पष्ट पारिन्। एक्सपोमा ३० बढी आईटी सेवा र प्रडक्टहरूको प्रदर्शनी रहनेछ भने कम्पनीहरूले आफ्ना नवीनतम डिजिटल समाधानहरू सार्वजनिक गर्न र लाइभ पिच सेसनमार्फत आफ्नो सोच देखाउने अवसर पाउनेछन्। अवलोकनकर्ताका लागि विशेष अफरको व्यवस्थासमेत गरिएको नास आईटीले जनाएको छ।

व्यापारिक अवसर र नि:शुल्क अवलोकन
परम्परागत प्रदर्शनीभन्दा फरक हुने गरी यस कार्यक्रमलाई व्यवसायिक अवसर, सहकार्य र ब्रान्ड निर्माणको गतिशील मञ्चका रूपमा तयार गरिएको छ। एक्सपोमा उद्यमी, निजी तथा सरकारी क्षेत्रका उच्च अधिकारी, नीति निर्माता, लगानीकर्ता लगायत सूचना प्रविधिमा इच्छुकहरूको बाक्लो उपस्थिति रहने अपेक्षा गरिएको छ। सबैका लागि एक्सपो अवलोकन नि:शुल्क गरिएको छ।

एक्सपोको शीर्ष प्रायोजकमा अकाउन्टिङ सफ्टवेयर टिग रहेको छ, जसअनुसार एक्सपो टिग प्रिजेन्ट्स नास-एक्सपो २०२५ को नामबाट सञ्चालन हुनेछ।

दुई दिनसम्म चल्ने यस कार्यक्रममा सिल्भर प्रायोजकमा इसेवाका साथै र्यापिड, रिडक्ट, एनसेल बिजनेस, भायानेट कम्युनिकेसन र डेटा वल्र्ड लगायतको सहकार्य रहेको छ। कार्यक्रमको दिगो विकास साझेदारमा ग्लोबल आईएमई बैंक र अर्किङ कलेज रहेका छन्।

यो एक्सपोले नेपाली प्रविधिको बजारलाई थप चलायमान बनाउनुका साथै देशको डिजिटल अर्थतन्त्र निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास नास आईटीले व्यक्त गरेको छ।

  • Clock icon
    २०८२ कार्तिक १६, आईतवार