लुम्बिनी लायन्सको टाइटल स्पोन्सरमा याङ्गो

  • Clock icon
    २०८२ कार्तिक २६, बुधबार

काठमाडौं – विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुप अन्तर्गतको याङ्गो नेपाल ले नेपालका लोकप्रिय क्रिकेट टिमहरूमध्ये एक लुम्बिनी लायन्स सँग दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि अफिसियल टाइटल स्पोन्सरशिप सम्झौता गरेको छ।

लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जीसी ले याङ्गोलाई टाइटल स्पोन्सरको रूपमा स्वागत गर्न पाउँदा खुशी व्यक्त गर्दै एनपीएललाई सहयोग गरेकोमा धन्यवाद दिए।
उनले भने, “युवाहरूमाझ लोकप्रिय कम्पनी याङ्गोलाई हाम्रो टिमको टाइटल स्पोन्सरको रूपमा स्वागत गर्न पाउँदा अत्यन्त खुशी छौं। उत्कृष्टता, नवीनता र विश्वमा पहुँचप्रतिको हाम्रो एउटै दृष्टिकोण साझा भएको महसुस भइरहेको छ। नेपाली क्रिकेटको जोश, गौरव र सम्भावनालाई बोकेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा गर्जनका लागि हामीले याङ्गोलाई उत्कृष्ट सहयात्रीको रूपमा रोजेका छौं।”

यस सम्झौतापछि याङ्गो नेपालका प्रतिनिधिले भने, “क्रिकेट नेपालमा सबैको प्रिय खेल हो, जसले सबैलाई जोड्ने माध्यम बनेको छ। हामी लुम्बिनी लायन्सलाई सहयोग गर्न पाउँदा निकै उत्साहित छौं र उनीहरूलाई आगामी नेपाल प्रिमियर लिगका लागि शुभकामना दिन्छौं। हामी विश्वस्त छौं कि उनीहरूले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नेछन्।”

याङ्गो ग्रुप, जसको मुख्यालय दुबई, संयुक्त अरब इमिरेटस (यूएई) मा रहेको छ, विश्वका विभिन्न स्थानमा विकसित प्रविधिहरूलाई स्थानीय समुदायका आवश्यकता अनुसार दैनिक सेवामा रूपान्तरण गर्ने अन्तर्राष्ट्रिय प्रविधि कम्पनी हो। यसका प्रमुख सेवाहरूमा मोबिलिटी, नेभिगेसन, डेलिभरी, फुडटेक, मनोरञ्जन, र एआई असिस्टेन्ट लगायतका प्रविधि सेवा समावेश छन्।

लुम्बिनी लायन्स, जसका मार्की खेलाडी नेपाल राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल हुन्, दोस्रो सिजनका लागि तीव्र तयारीमा रहेका छन्। आगामी मंसिर १ गते ९नोभेम्बर १६० देखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा ̂लडलाइट अन्तर्गत हुने नेपाल प्रिमियर लिग का लागि टिमले हाल एक्स्ट्राटेक ओभलमा ̂लडलाइट अन्तर्गत प्रशिक्षण गरिरहेको छ।

यो सिजनका लागि लुम्बिनी लायन्सले भारतीय प्रशिक्षक तथा मेन्टर रोबिन सिंह र पूर्व भारतीय क्रिकेटर टिनु योहान्नानलाई क्रमश: मेन्टर र मुख्य प्रशिक्षकका रूपमा अनुबन्ध गरेको छ।

यस सिजनमा टिमले रोहितकुमार पौडेल, सन्दीप जोरा, सुमित महर्जन, दिनेश अधिकारी, अभिषेक गौतम, र तिलक भण्डारीलाई रिटेन गरेको छ भने दुर्गेश गुप्ता, दिलिप नाथ, शेर मल्ल, आदिल खान, र विशाल पटेललाई अक्सनमार्फत अनुबन्ध गरेको छ। विदेशी खेलाडीहरूमध्ये अष्ट्रेलियाका डार्सी शर्ट, इटालीका थोमस ड्राका, र अफगानिस्तानका गुलबदीन नैब टोलीमा आबद्ध भएका छन्।

लुम्बिनी लायन्स र याङ्गोबीचको यो सहकार्यले नेपाली क्रिकेटको व्यावसायिकता र अन्तर्राष्ट्रिय पहिचान विस्तारमा सकारात्मक योगदान गर्ने विश्वास व्यक्त गरिएको छ।

  • Clock icon
    २०८२ कार्तिक २६, बुधबार