नेपाली क्रिकेटका सफल पूर्वकप्तान तथा राष्ट्रिय गौरव पारस खड्का अब नेपाल र दक्षिण–पूर्व एसियाका लागि सोमानी सेरामिक्स लिमिटेडको आधिकारिक ब्रान्ड एम्बासडर नियुक्त हुनुभएको छ। यो घोषणाले नेपाली बजारमा लामो समयदेखि नम्बर एक टायल्स र बाथवेयर ब्रान्डको रूपमा स्थापित सोमानीको ब्रान्ड यात्रामा एक नयाँ उत्साह थपेको छ।
पारस खड्का, जो आफ्नो लगनशीलता, इमानदारिता र मैदानमा उत्कृष्ट नेतृत्वका कारण सबै पुस्तामा प्रिय हुनुहुन्छ, उहाँको यो सहकार्यले नेपाली उपभोक्ताहरूसँग सोमानीको सम्बन्धलाई अझ बलियो बनाउने लक्ष्य राखेको छ। पारसको विश्वसनीय व्यक्तित्वले सोमानीका उत्पादनहरूको गुणस्तर, नवीन डिजाइन र ब्रान्डप्रतिको विश्वासलाई थप सुदृढ बनाउने विश्वास कम्पनीले लिएको छ।
सोमानी सेरामिक्सका सह–अध्यक्ष सुजित मोहन्तीले पारसलाई सोमानी परिवारमा स्वागत गर्दै उहाँको उत्कृष्टताको यात्राले कम्पनीको नवीनता र नेतृत्वको सिद्धान्तलाई झल्काउने बताउनुभयो। मोहन्तीका अनुसार, पारसको लोकप्रियताले सोमानीको ब्रान्ड भ्यालुलाई नेपाली बजारमा अझ उचाइमा पुर्याउनेछ।
त्यस्तै, सोमानीका मार्केटिङ प्रमुख तथा उपाध्यक्ष अंशुमन चक्रवर्तीले पारसलाई चर्चित अलराउन्डर र घर–घरमा चिनिएको नामुका रूपमा उल्लेख गर्दै उहाँको सकारात्मक प्रभाव ब्रान्ड प्रवर्धनमा सहयोगी हुने धारणा राख्नुभयो।
नेपाल क्रिकेट संघ (क्यान) का सचिव समेत रहेका पारस खड्काले यस साझेदारीप्रति खुसी व्यक्त गर्दै आफूले जीवनमा अँगालेका मूल्य मान्यता र गुणस्तरका लागि निरन्तर प्रयास गर्ने ब्रान्डसँग जोडिन पाउँदा उत्साहित भएको बताउनुभयो।
ब्रान्ड एम्बासडरको रूपमा, पारसले टायल्स, बाथवेयर, एडेसिभ र वाटरप्रुफिलगायत सोमानी सेरामिक्सका सम्पूर्ण उत्पादनहरूको प्रचार(प्रसारका क्रियाकलापहरूमा सक्रिय रूपमा सहभागी हुनुहुनेछ। यो सहकार्यले नेपाली बजारमा सोमानी सेरामिक्सको अग्रणी स्थानलाई थप मजबुत बनाउनुका साथै नेपाली उपभोक्ताहरूमाझ उत्कृष्टताको नयाँ सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ। यो साझेदारी नेपालको कर्पोरेट र खेलकुद क्षेत्रका लागि एक प्रेरणादायी कदम हो।
