नेपाली कम्युनिस्ट पार्टी एक्लै चुनाव लड्छ: वर्षमान पुन

वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले सुशासन र युवाहरुको कुरालाई एजेण्डा बनाएर एक्लै चुनाव लड्नेगरी नेकपाले तयारी गरिरहेको बताएका छन् ।

मंगलबार पेरिसडाँडामा सञ्चारमकर्मीहरुसँगको कुराकानीमा उनले लोकतन्त्रलाई परिमार्जन गर्ने र सान्दर्भिक बनाउनेमा पनि आफूहरुको एजेण्डा रहने बताउँदै उनले यीनै एजेण्डाकासाथ जनताको माझ जाने जानकारी दिए ।

उनले भने,‘हामी सुशासनको एजेण्डामा हिजो सत्तामा हुँदापनि काम गरेको थियौं । प्रतिपक्षमा पनि कुरा उठाएका छौं । अहिलेपनि त्यो एजेण्डा वा युवाहरुको कुरा लिएर जान्छौं । लोकतन्त्रलाई परिमार्जन गर्ने र सान्दर्भिक बनाउनेमा हाम्रो एजेण्डा हुनेछ । हामी एक्लै चुनाव लड्ने तयारी गरेको छौं ।’

त्यस्तै उनले सरकारको र नेपाली कम्युनिष्ट पार्टीको प्रतिवद्धतामा एकरुप रहेको भन्दै एक अर्कालाई घोचपेच, गुनासो गर्नुपर्ने र मनाउनुपर्ने खालको कुनै समस्या नरहेको बताए ।

फागुन २१ को निर्वाचन समयमा नै हुनुपर्ने भन्दै अर्को कुनै विकल्प नरहेको बताए । जेनजी आन्दोलनपछि युवा पुस्ताले देशको नेतृत्व गर्न चाहेको बताउँदै उनले युवाहरूले आफूूभन्दा अग्रजहरूलाई सम्मान गर्दै, उनीहरुको अनुुभवलाई लिएर आफूूलाई नेतृत्वका लागि तयार गर्ने समय आएको बताए ।

नेपाली कम्युनिस्ट पार्टीले आगामी निर्वाचनमा ५० प्रतिशत बढी उम्मेदवार युवालाई बनाउने तयारी गरेको पनि उनले बताएका छन् ।