विद्यार्थीको भविष्य उज्यालो बनाउँदै नेपाल बैंकको शैक्षिक कर्जा योजना

काठमाडौँ/ नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले शैक्षिक कर्जा प्रवाहमार्फत देशको शिक्षामा पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ। बैंकले विद्यार्थीको उज्ज्वल भविष्यलाई ध्यानमा राख्दै सहज, सरल र विश्वासिलो शैक्षिक कर्जा सेवा उपलब्ध गराउँदै आएको हो।

बैंकका अनुसार शिक्षाका लागि आवश्यक वित्तीय सहयोग प्रदान गर्ने उद्देश्यले स्थिर र प्रतिस्पर्धी ब्याजदरमा कर्जा उपलब्ध गराइँदै आएको छ। नेपाल बैंकले कर्जाको प्रक्रियालाई सरल बनाउँदै छिटो सेवा प्रवाहमा जोड दिएको छ भने देशभर रहेका शाखा सञ्जालमार्फत शैक्षिक कर्जा सुविधा विस्तार गरेको छ।

विद्यार्थीको उच्च शिक्षाको सपना साकार पार्न लक्षित यस कर्जाले स्वदेश तथा विदेश दुवै स्थानमा अध्ययन गर्न चाहने विद्यार्थीलाई सहयोग पुर्‍याउँदै आएको बैंकको भनाइ छ। नेपाल बैंकले २४ सै घण्टा सेवा सुविधा उपलब्ध गराउँदै आवश्यक जानकारीका लागि सम्पर्क केन्द्र तथा आधिकारिक वेबसाइटमार्फत जानकारी लिन सकिने जनाएको छ।

देशको पहिलो बैंकको रूपमा स्थापित नेपाल बैंक लिमिटेडले शैक्षिक कर्जामार्फत मानव स्रोत विकासमा योगदान पुर्‍याउँदै समग्र राष्ट्रको समृद्धिमा टेवा दिने प्रतिबद्धता व्यक्त गरेको छ।