काठमाडौं । एनएमबि बैंक (NMB Bank) को कृषि कर्जा सुविधाबाट साना उद्यमीहरू व्यावसायिक रूपमा सफल बन्दै गएका छन्। नेपाली मन उद्योगकी सञ्चालक बासु माया तामाङले एनएमबि बैंकको साथले आफ्नो सानो सपनालाई ठूलो उपलब्धिमा बदल्न सफल भएको बताएकी छिन्।
हाल उनको उद्योगले ६० जना भन्दा बढी दिदीबहिनीहरूलाई रोजगारी प्रदान गर्न सफल भएको छ। “हाम्रो उत्पादनलाई विश्वमा चिनाउने यस यात्रामा एनएमबि बैंकको साथले थप बल दिएको छ,” उद्यमी तामाङले भनिन्। बैंकले कृषि र उत्पादनमूलक क्षेत्रलाई प्राथमिकता दिँदै सरल कर्जा प्रवाहलाई निरन्तरता दिइरहेको छ।