महिला अधिकारसँगै सशक्तीकरण आवश्यक

महिला अधिकार र सशक्तीकरणका विषयमा बहस हुन थालेको लामै समय भयो । यो बहसले महिलालाई आर्थिक रूपमा समेत सबल बनाउँदै लगेको छ ।

आवश्यक परेका बेला हातेमालो महिला समूहले मास्क बनाएर सुरु गरेको व्यवसाय विस्तार भएर अहिले ४० जना महिलाई घरमै रोजगारी दिइरहेको छ ।

मुलुकमा हुने विभिन्न समयमा लाखौं मानिसलाई मानसिक र आर्थिकरूपमा कमजोर बनाउँछ। उक्त समयमा हालेमालो महिला समूहका लागि भने अवसर बनेकाले नयाँ नयाँ क्षेत्रमा हात हाल्ने काम उसले गर्छ । हातेमाला समूहका विभिन्न महिलाले करिब १५ हजार रुपैयाँ जम्मा पारेर मास्क बनाउन सुरु गरेको कार्य विभिन्न कपडा उत्पादन र बिक्रिमा लागेको छ । अहिले उनीहरूले वार्षिक करोडको हाराहारीमा कारोबार गरिरहेका छन् ।

आर्थिकरूपमा सक्षम नभएका महिला समाजबाटै अपहेलित हुनुपरेको देखेर हातेमालो महिला समूहले आफ्नै उद्यम थालेका हुन् । समूहमा अहिले ७ जना बोर्ड सदस्य छन् भने अन्य सयौं महिला आबद्ध छन् । उनीहरूले घरमै बसेर काम गर्दै अर्थोपार्जन गरिरहेका छन् । त्यति मात्र नभएर उनीहरूको मनोबल समेत बलियो बनेको छ ।

पर्यावरणमैत्री झोला, खादा, बोटल, कार्ड होल्डर, कापीदेखि ढाकाका कपडाबाट पोसाक लगायतका ४० प्रकारका सामग्री बनाउँदै आएको छ । यस्ता सामग्री सरकारी तथा गैरसकारी संघसंस्थाहरूले समेत खरिद गर्ने गरेका छन् ।

हातेमालो महिला समूहमा आबद्ध महिलालाई सामग्रीहरू बनाउन भ्याइनभ्याइ छ । उनीहरूले समूह बाहिरका ६० जनाभन्दा बढीलाई रोजगारी दिएका छन् ।

आगामी दिनमा अन्य महिलालाई सीप दिएर आत्मनिर्भर बनाउने योजना समेत यो समूहको छ ।