विदेश होइन, भविष्य यहीँ छ, नेपालमै सम्भावना देख्ने एक युवाको कथा

yango

काठमाडौं । आजको सबैभन्दा ठूलो आवश्यकता भनेको युवालाई स्वदेशमै बस्न र यहीँ सम्भावना खोज्न प्रेरित गर्नु हो । तर पछिल्ला वर्षहरूमा नेपालबाट विदेशिने युवाको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । कोही बाध्यताले, कोही रहरले त कोही ‘नेपालमा केही छैन’ भन्ने सोच बोकेर विदेशिने गरेका छन् ।

धेरै युवामा विदेश गएपछि सजिलै पैसा कमाइन्छ, अलिकति मेहनतमै जीवन बदलिन्छ भन्ने भ्रम देखिन्छ । तर यथार्थमा, यही सोचका कारण धेरै नेपाली युवा विदेशमा अपेक्षाभन्दा बढी कठिनाइ, शोषण र मानसिक पीडा भोग्न बाध्य हुन्छन् ।

तर पछिल्लो समय स्वदेशमै श्रम र उद्यम गरेर आत्मनिर्भर बन्ने युवाको संख्या पनि कमी छैन् । त्यसमध्ये राइड सेयरिङ पेशा आम्दानीको गज्जबको माध्यम बनेको छ । नेपालमा संचालित राइड सेयरिङ कम्पनीहरु पठाओ, इनड्राइभमा धेरै युवा जोडिएका छन् ।

कामको सिलसिलामा रिपोर्टर वालाजु पुग्दा त्यहाँबाट पुल्चोक छिटो पुग्नुपर्ने भएकाले यांगो बुक गर्नासाथ चालक लोकेशनमा आएका थिए । र केवल १३५ रुपैयाँमै पुल्चोकसम्म पुर्‍याए ।

बाटोमा उनले मुस्कुराउँदै भने, ‘यो साइडको बाटो जाममा पर्दैन ।’ छोटो समयमै गन्तव्यमा पुग्दा मैले आधुनिक प्रविधिले जीवन कति सहज बनाइदिएको छ भन्ने महसुस गरें ।

यात्राकै क्रममा भेट रोशन शेर्मासँग भयो । उनी २३ वर्षका युवा हुन् । हाल काठमाडौंको सामाखुसीमा बस्दै आएका रोशनको स्थायी घर सर्लाही हो । उनी अध्ययनसँगै यांगो चलाउँछन् । जिज्ञासावश उनलाई सोधेँ, ‘यांगो चलाउँदा कतिको आम्दानी हुन्छ रु’

उनले खुलेर भने,‘यदि बिहानदेखि बेलुकासम्म लक्ष्य राखेर काम गरें भने राम्रो कमाइ हुन्छ । खाजा र पेट्रोल खर्च कटाएर दिनमा करिब ३५ सय रुपैयाँ जति बचत हुन्छ । कुल कमाइ झण्डै पाँच हजार पुग्छ ।’

रोशनलाई विदेश जाने चाहना छैन । उनी भन्छन्,‘विदेशमा मात्रै पैसा कमाइन्छ भन्ने सोच गलत रहेछ । नेपालमै पनि इमान्दारीपूर्वक काम गर्‍यो भने राम्रो आम्दानी गर्न सकिन्छ ।’

उनका अनुसार नेपालमै बस्दा आमाबुबासँग भेटघाट गर्न पाइन्छ, चाडपर्व र मेलामौसरमा घर पुग्न सकिन्छ, जुन कुरा विदेशमा सम्भव हुँदैन । यसले व्यक्तिगत जीवनसँगै पारिवारिक सम्बन्धलाई पनि बलियो बनाउँछ ।

यांगो र पठाओजस्ता सवारी सेवाहरूले काठमाडौंमा यात्रालाई छरितो बनाउनुका साथै सयौँ युवालाई रोजगारीको अवसर दिएका छन् । रोशनको अनुभवले स्पष्ट त्यही देखाउँछ । लक्ष्यसहित मेहनत गरे नेपालमै पनि आत्मनिर्भर बन्न सकिन्छ । यस्ता अवसरहरूले युवालाई स्वदेशमै टिक्न प्रेरणा दिन सक्छन् ।

नेपालमा राजनीतिक अस्थिरता, सीमित रोजगारी र साना व्यवसायका चुनौतीहरू अवश्य छन् । तर यी समस्याका बीच पनि इमान्दारी, निरन्तर प्रयास र सही सोच भए युवा नेपालमै राम्रो भविष्य निर्माण गर्न सक्छन् । रोशन भन्छन्, ‘पैसाका लागि मात्रै विदेश जानु समाधान होइन । नेपालमै बस्ने उपाय खोज्नुपर्छ । आमाबुबाको सेवा गर्न पाउनु र परिवारसँग समय बिताउन पाउनु नै जीवनको साँचो सुख हो ।’

अन्तत स् युवाको सपना नेपालमै पनि पूरा हुन सक्छ । राइड सेयरिङ पेसामा आवद्धहरुले स्वदेशमै काम गर्ने अवसर मात्र पाएका छैनन् परिवारसँगै बसेर आनन्दको जीवन विताइरहेका छन् ।