लिग कप (काराबाओ कप) सेमिफाइनलको पहिलो लेगमा आर्सनलले चेल्सीलाई ३–२ ले हराएको छ ।
नाटकीय खेलमा चेल्सीका गोलकिपर रोबर्ट सान्चेजका गल्तीले आर्सनललाई फाइदा पुग्यो । अर्कोतिर अलेजान्द्रो गार्नाचोले २ गोल गर्दै चेल्सीलाई आशा जोगाइराखे।
खेलको सातौँ मिनेटमै डेक्लान राइसको कर्नरमा सान्चेज बल समात्न नसक्दा बेन ह्वाइटले नजिकबाट हेड मार्फत गोल गर्दै आर्सनललाई अग्रता दिलाए। ४९ औं मिनेटमा सान्चेजले क्रस नियन्त्रण गर्न नसक्दा भिक्टर ग्योकेरेसले गोल गर्दै आर्सनलको अग्रता २-० बनाए।
त्यसपछि ५७ औं मिनेट गार्नाचोले गोल गर्दै चेल्सीलाई खेलमा फर्काए। तर ७१ औं मिनेटमा मार्टिन जुबिमेन्दीले गोल गरेपछि आर्सनल फेरि २ गोलले अघि बढ्यो।
खेल सकिन ३ मिनेट बाँकी रहँदा केपा अरिजाबालागाको क्लियरेन्स गार्नाचोको खुट्टामा खस्दा उनले भलिबाट दोस्रो गोल गरे।
त्यसपछि पनि दुवै टोलीले केही अवसर बनाए तर थप गोल हुन सकेन। यो जितसँगै आर्सनलले दोस्रो लेगअघि एक गोलको अग्रता लिएको छ। दोस्रो लेग फेब्रुअरी ३ मा एमिरेट्स स्टेडियममा हुनेछ।
आर्सनल पछिल्ला १० खेलदेखि अपराजित छ । चेल्सीले पछिल्ला १३ खेलमध्ये केवल ३ खेल मात्र जितेको छ।