चीनसहित विश्वभर पछिल्लो केही महिनादेखि र्यान्डम एक्सेस मेमोरी (र्याम) को मूल्य तीव्र रूपमा बढिरहेको छ । कृत्रिम बुद्धिमत्ता (एआइ) मा आधारित लार्ज ल्याङ्गवेज मोडेल (एलएलएम) एपहरू जस्तै च्याटजीपीटी र जेमिनीको प्रयोग र विस्तारसँगै उच्च क्षमताको ¥यामको माग अत्यधिक बढेपछि बजारमा अभाव देखिएको हो ।
विश्वका प्रमुख तीन र्याम उत्पादनकर्ता कम्पनी—सामसङ, एसके हाइनिक्स र माइक्रोन—एआई तथा डाटा सेन्टर केन्द्रित माग धान्न व्यस्त हुँदा उपभोक्ता स्तरको र्याम आपूर्ति सीमित बनेको छ । कम नाफामुखी भएकाले तीमध्ये कम्तीमा एक कम्पनीले उपभोक्ता–ग्रेड ¥याम उत्पादनसमेत बन्द गरेको बताइएको छ ।
आपूर्ति घट्दै जाँदा बजारमा उपलब्ध -यामको मूल्य आकासिएको छ । शाङ्घाइको एक इलेक्ट्रोनिक्स मलमा गत वर्ष करिब ४३ अमेरिकी डलरमा बिक्री हुने १६ जीबी -याम अहिले १५० अमेरिकी डलरभन्दा बढीमा बिक्री भइरहेको छ । एक उपभोक्ताले भने, “मूल्य सुन्दा म छक्क परेँ । पहिले करिब २८० अमेरिकी डलर पथ्र्यो, अहिले ८५० डलरभन्दा बढी पुगेको छ । म किन्नै सक्दिनँ ।”उता, करिब एक हजार किलोमिटर टाढा दक्षिण–पश्चिम चीनको गुइझोउ प्रान्तका पसलहरूमा पनि उस्तै अवस्था देखिएको छ । त्यहाँ चौथो र पाँचौँ पुस्ताको डबल डाटा रेट (डिडिआर ४ र डिडिआर ५) ¥यामको मूल्य गत वर्षको गर्मी यामदेखि करिब १०० प्रतिशतले बढेको छ ।
एक विक्रेताका अनुसार, “१६ जीबी डिडिआर ४ को मूल्य ८५ अमेरिकी डलरभन्दा माथि पुगेको छ भने डिडिआर ५ को मूल्य १४० डलर नाघेको छ ।”
विशेषज्ञहरूका अनुसार एआई, क्लाउड कम्प्युटिङ र डाटा सेन्टरहरूको दीर्घकालीन माग कायम रहने भएकाले विश्वका प्रमुख -याम उत्पादक कम्पनीमाथि दबाब अझै केही समय रहनेछ । यसका कारण सन् २०२६ भरि उपभोक्ता स्तरको ¥यामको मूल्य उच्च नै रहने अनुमान गरिएको छ ।