“सान्ट्रोसँग २५ वर्षको विश्वास”: हुन्डाई नेपालको विशेष अभियान सार्वजनिक

काठमाडौं । हुन्डाई नेपालले आफ्नो लोकप्रिय सिटी कार हुन्डाई सान्ट्रोले नेपाली सडकमा पूरा गरेको २५ वर्षको यात्रालाई विशेष रूपमा मनाउने घोषणा गरेको छ। सन् २००० मा नेपाल भित्रिएको सान्ट्रोले किफायती मूल्य, टिकाउपन र सहज प्रयोगका कारण लाखौँ नेपालीको विश्वास जित्दै एक आइकनको रूपमा आफूलाई स्थापित गरेको छ।

कम्पनीले ‘25 Years of Trust with Santro’ नारासहित सान्ट्रोको ऐतिहासिक योगदानलाई सम्मान गर्दै विशेष अभियान सार्वजनिक गरेको हो। यस अभियानअन्तर्गत मोडेल इयर २००० का हुन्डाई सान्ट्रो मालिकहरूलाई विशेष वार्षिकोत्सव सरप्राइजका लागि सम्पर्कमा आउन आग्रह गरिएको छ।

हुन्डाई नेपालका अनुसार सान्ट्रोले नेपाली अटोमोबाइल बजारलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेलेको छ। सानो परिवारदेखि व्यावसायिक प्रयोजनसम्म प्रयोग भएको यो कारले भरपर्दो सवारीको छवि निर्माण गरेको कम्पनीको भनाइ छ।

अभियानमा सहभागी हुन इच्छुक सन् २००० मोडेलका सान्ट्रो मालिकहरूले +९७७ ९८०१२०१११४ नम्बरमा फोन गर्न वा डाइरेक्ट म्यासेज (DM) मार्फत विवरण बुझ्न सक्नेछन्।